
गान्तोक, १६ नोभेम्बर (हि.स.)। भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी) को सेक्टर मुख्यालय, गान्तोकका उपमहानिरीक्षक सञ्जीव कुमार सिंहले लोकभवनमा राज्यपालसँग शिष्टाचार भेट गरेका छन्। यो भेटको क्रममा सञ्जीव कुमारले राज्यपाललाई सिक्किममा तैनाथ आईटीबीपीका विभिन्न बटालियनको तैनाथी, कार्यप्रणाली र सीमा सुरक्षा व्यवस्थाको जानकारी दिए।
राज्यपालले शून्यभन्दा कम तापमान र कठिन परिस्थितिमा सीमावर्ती ग्रामीण क्षेत्रमा पनि अदम्य साहस र समर्पणका साथ राष्ट्र सेवा गरेकोमा आईटीबीपीका जवान र अधिकारीहरूको प्रशंसा गर्दै सबै जवानको उज्ज्वल भविष्यको कामना गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल