
-मन्त्री सुशान्त बोरगोहाईलेले भने, समाजको उत्थानमा पत्रकारहरूको महत्त्वपूर्ण भूमिका हुन्छ
- पत्रकारहरूले घटना पछाड़िको वास्तविकता पनि उजागर गरून्ः प्रोफेसर अङ्कुरण दत्त
गुवाहाटी, 16 नोभेम्बर (हि.स.)। सूचना तथा जनसम्पर्क निर्देशनालय, असमको तत्वावधानमा सोमवार लोक निर्माण विभाग, गुवाहाटीको सम्मेलन तथा प्रशिक्षण केन्द्रमा राज्यस्तरीय राष्ट्रिय प्रेस दिवस मनाइयो। यस अवसरमा जिम्मेवार एवं जनमुखी पत्रकारिताको आवश्यकता, मिडियाको बदलिँदो भूमिका र समाजप्रति पत्रकारहरूको जवाफदेहीमथि चर्चा गरियो।
कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित असम सरकारका जल संसाधन तथा न्याय विभागका मन्त्री सुशान्त बोरगोहाईले भने, समाजको उत्थानमा पत्रकारहरूको महत्त्वपूर्ण जिम्मेवारी हुन्छ। विश्लेषणात्मक तथा जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनाले समाजका सबै वर्गलाई लाभ पुग्नसक्छ। उनले भने, पत्रकारिताका चुनौतीहरू भविष्यमा अझ बढ्नेछ, तर पत्रकारहरूले आफ्नो जिम्मेवारी इमानदारी पूर्वक निर्वाह गरेर समाजको हितमा सकारात्मक भूमिका खेल्न सक्नेछन्। उनले सफलताका कथाहरू सर्वसाधारणसम्म पुऱ्याउन पनि जोड दिए।
यस वर्षको राष्ट्रिय प्रेस दिवसको थीम पत्रकारिताः जनमुखी वा जिम्मेवार-माथि गुवाहाटी विश्वविद्यालयको पत्रकारिता विभागका वरिष्ठ प्राध्यापक अङ्कुरण दत्तले विचार राके। उनले भने, विश्वव्यापी परिप्रेक्ष्यमा असमको समाचार जगत बलियो र उन्नत स्थितिमा छ। यस प्रतिष्ठालाई कायम राख्नको लागि समाचार माध्यमसँग सम्बन्धित प्रत्येक व्यक्तिले सचेत र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ।
भारतीय पत्रकारिताको इतिहासका विभिन्न पक्षहरूलाई प्रकाश पार्दै उनले भने, एक विशेष दृष्टिकोण र लक्ष्य बोकेर शुरु गरिएको भारतीय पत्रकारिताले विस्तारै व्यावसायिक चरित्र हासिल गऱ्यो। भारतीय समाचार मिडिया अझै पनि रूपान्तरणको प्रक्रियामा छ, दर्शन, मिशन, पेशा र सिर्जना जस्ता विभिन्न चरणहरूबाट गुज्रिरहेको छ। पत्रकारहरू घटनाका बाह्य पक्षहरूसम्म मात्र सीमित हुनु हुँदैन, यसको पछाड़ि लुकेका वास्तविकता र कथाहरू पनि बाहिर ल्याउनुपर्छ।
मिडिया साक्षरतामा जोड. दिँदै प्रोफेसर दत्ताले भने, पत्रकारहरूले यस कुरामाति आत्ममन्थन गर्नुपर्छ कि उनीहरूले जन भावनाको सट्टा विवेक र तर्कसङ्गततालाई कति महत्त्व दिन्छन्। पत्रकारिताको क्षेत्रमा तीव्र परिवर्तन भइरहेको र भारतीय समाचारपत्रहरूको विश्वव्यापी रूपमा विशिष्ट पहिचान रहेको उनले बताए। यो पहिचानलाई कायम राख्न पत्रकारितामा जिम्मेवारी र चेतना आवश्यकरहेको उनले बताए।
कार्यक्रममा प्रख्यात पत्रकार भुपेन भट्टाचार्य र पात्रेले पनि सम्बोधन गरेका थिए। उनीहरूले मिडियाको भूमिका, पत्रकारिताका चुनौती अनि जिम्मेवार समाचार प्रस्तुतिका विभिन्न पक्षबारे कुरा राखे।
यसअघि सूचना, जनसम्पर्क, मुद्रण तथा लेखन सामग्री विभागका आयुक्त-सचिव कुमार पद्मपाणि बोराले स्वागत भाषण राखे। सूचना तथा जनसम्पर्क विभागका निर्देशक मानवेन्द्र देवले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे। प्रारम्भमा निर्देशनालयको सांस्कृतिक शाखाका कलाकारहरूले सामूहिक सङ्गीत प्रस्तुत गरे।
कार्यक्रममा वरिष्ठ पत्रकार, गण्यमान्य व्यक्ति, विभिन्न शैक्षिक संस्थानका विद्यार्थी तथा सूचना तथा जनसम्पर्क विभागका अधिकारी अनि कर्मचारीहरू उपस्थित थिए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा