

नयाँ दिल्ली, 16 नोभेम्बर (हि.स.)। असरकारी संस्था अलहिका फाउण्डेशनको 34औँ वार्षिक बैठकमा राष्ट्र निर्माणमा युवाहरूको भूमिकामाथि चर्चा गरियो। दिल्लीको इण्डिया इस्लामिक कल्चरल सेन्टरमा आयोजित बैठकमा आफ्नो उद्घाटन सम्बोधन राख्दै फाउण्डेशनका अध्यक्ष डा. जियाउद्दिन अहमदले फाउण्डेशनको उद्देश्य र लक्ष्यबारे विस्तृत जानकारी दिए।
पूर्व केन्द्रिय मन्त्री सलमान खुर्सिद मुख्य अतिथिका रूपमा सम्मेलनमा उपस्थित थिए भने प्रख्यात चिन्तक तथा समाज सुधारक एवं इन्टरफेथ हार्मनी फाउण्डेशनका संस्थापक ख्वाजा इफ्तिखार अहमदले सम्मेलनको अध्यक्षता गरेका थिए।
विख्यात प्रेरक वक्ता तथा अलिफ एकाडमीका संस्थापक औ अध्यक्ष समीर अहमद सिद्दीकीले नयाँ पुस्ताका युवाहरूलाई आर्टिफिशियल इन्टेलिजेन्स र यसका खतराहरू अनि यसमाथि अधिक निर्भर युवाहरूको निम्ति कसरी जाल बुनिरहेको छ भन्ने कुरा स्पष्ट पारे। उनले यसबाट बच्नको लागि आफूलाई अपभनेर व्याख्या गरे।
मध्य प्रदेशकी पूर्व पुलिस प्रमुख तथा प्रख्यात सामाजिक कार्यकर्ता अनुराधा शङ्करले आफ्नो सम्बोधनमा फाउण्डेशन गर्दै आएको कामको प्रशंसा गरिन्। उनले भनिन्, समर्पणबाट मात्र समाजको कल्याण सम्भव छ। धार्मिक सहिष्णुता, सामाजिक सद्भाव एवं सबैलाई साथ लिएर हिँड्ने भावनाले हामीलाई आदर्श समाज निर्माण गर्न मद्दत गर्नेछ। उनले जोड दिइन्, हामीलाई कोअपरेटिभ पुस्ता चाहिन्छ, भौतिकवादी होइन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा