बेनुधर शर्माको जयन्तीमा मुख्यमन्त्रीले उनको योगदानलाई स्मरण गरे
असमः मुख्यमंत्री डॉ. हिमंत बिस्व सरमा द्वारा शेयर दृश्य।


गुवाहाटी, 16 नोभेम्बर (हि.स.)। असमको बौद्धिक संसारका उज्जवल तारा बेनुधर शर्माको जन्मजयन्तीमा मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले उनलाई स्मरण गर्दै राज्यको लागि उनले पुऱ्याएका योगदानलाई प्रशंसनीय बताएका छन्।

आज सोशल मिडिया फेसबुकमा एउटा पोस्ट साझा गर्दै मुख्यमन्त्रीले भनेका छन्, असमको बौद्धिक संसारका उज्यालो तारा बेनुधर शर्माले साहित्य, इतिहास अध्ययन, पत्रकारिता एवं सामाजिक सुधारको क्षेत्रमा अद्वितीय योगदान दिएका छन्। देशको स्वतन्त्रता सङ्ग्राममा उनको साहसी योगदान पनि स्मरणीय रहेको छ।

मुख्यमन्त्रीले भनेका छन्, 'इतिहास रत्न' तथा 'इतिहासका जादुगर'- को उपाधिले सम्मानित महान बेनुधर शर्माले आफ्नो काम अनि कीर्तिहरूले असमिया जातीय जीवनलाई समृद्ध बनाएका छन्। उनको पवित्र जन्मदिनमा म उनलाई गहिरो श्रद्धाको साथमा सम्झन्छु।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande