बङ्गालको खाड़ीमा शक्तिशाली चक्रवातको खतरा, दक्षिण बङ्गालमा भारी वर्षाको चेताउनी
साफ आसमान के बीच खिली धूप और बदलता मौसम।


कोलकाता, 16 नोभेम्बर (हि.स.)। बङ्गालको खाड़ीमा विकसित निम्न चाप लगातार शक्तिशली हुँदै गइरहेको छ। यो आगामी केही दिनभित्रै भीषण चक्रवाती आँधीमा परिणत हुने अनुमान गरिएको छ। मौसम विभागक अनुसार यो चक्रवात आन्ध्र प्रदेशको तटमा ठोक्किने सम्भावना छ। यसको प्रभावले पश्चिम बङ्गालको कोलकाता सहित दक्षिण बङ्गालका केही जिल्लाहरूमा तेज हावाको साथमा वर्षा हुनसक्छ भने कतिपय क्षेत्रहरूमा भारी वर्षा हुने चेताउनी जारी गरिएको छ।

अलिपुर मौसम विभाग अनुसार दक्षिण-पूर्व बङ्गालको खाड़ीमा विकसित निम्न चाप क्षेत्र आठ किलोमिटर प्रतिघण्टाको गतिले उत्तर-उत्तर-पश्चिम तर्फ अघि बढ़िरहेको छ। गए आइतवार राती 11ः30 बजेतिर यो गहिरो निम्न दबावमा परिणत भयो। यो सोमवार बिहान अण्डमानको श्री विजयपुरमबाट करिब 670 किलोमिटर पश्चिममा, श्रीलङ्काको त्रिङ्कोमालीदेखि 640 किलोमिटर पूर्व-उत्तर-पूर्वमा, चेन्नईबाट 760 किलोमिटर पूर्व-दक्षिण-पूर्वमा, विशाखापट्टनमबाट 870 किलोमिटर दक्षिण-दक्षिण-पूर्वमा अनि ओडिशाको गोपालपुरबाट 980 किलोमिटर दक्षिण-दक्षिण-पूर्वमा केन्द्रित थियो।

मौसम विभागकोअनुमान अनुसार सोमवार साँझसम्म यो गहिरो डिप्रेसनमा परिणत हुनसक्छ। मङ्गलवार यसको शक्ति अझ बढ्ने सम्भावना छ। मङ्गलवार साँझसम्ममा यो तीव्र चक्रवाती आँधीमा परिणत हुने अनुमान गरिएको छ। त्यसपछि यो आगामी दुई दिनमा आन्ध्र प्रदेशको तट नजिक पुग्नसक्छ। यस अवधि चक्रवातको गति 120 देखि 130 किलोमीटर प्रतिघण्टासम्म पुग्नसक्छ भने तीव्र झोकाको गति 145 किलोमीटर प्रतिघण्टासम्म पुग्ने अनुमान गरिएको छ।

मौसम वैज्ञानिकहरू अनुसार समुद्रमाथि लामो समयसम्म बसेको कारण चक्रवातको शक्ति अझ बढ्न सक्छ। हाल निम्न चापको प्रभावमा समुद्रमा 50 देखि 65 किलोमीटर प्रतिघण्टाको गतिमा तीव्र हावा चलिरहेको छ।

मौसमको प्रभाव बुधवारदेखि पश्चिम बङ्गालको तटीय क्षेत्रमा देखिने सम्भावना छ। दक्षिण 24 परगना, पूर्व मेदिनीपुर, पश्चिम मेदिनीपुर, झाड़ग्राम र हावड़ाका केही भागहरूमा बिहीवारदेखि भारी वर्षा हुनसक्छ। यी क्षेत्रहरूमा 7 देखि 11 सेन्टिमीटरसम्म वर्षा हुने अनुमान गरिएको छ। यसको साथै, 40 देखि 50 किलोमीटर प्रतिघण्टाको गतिमा तीव्र हावा चल्नसक्छ।

कोलकाता सहित दक्षिण बङ्गालका अन्य जिल्लाहरूमा पनि आँधीबेहरीको साथमा छिटपुट वर्षा हुने सम्भावना छ। मौसम विभाग अनुसार वर्षा र तीव्र हावा शनिवारसम्म जारी रहन सक्छ। तर चक्रवातले उत्तर बङ्गालमा विशेष प्रभाव पार्ने सम्भावना छैन। अहिलेको लागि मौसम सुख्खा रहने अनुमान गरिएको छ।

यसैबीच सोमवार बिहान कोलकाताको न्यूनतम तापक्रम 22.2 डिग्री सेल्सियस रेकर्ड गरियो जुन सामान्यभन्दा 1.9 डिग्री बढ़ी हो। आइतवार शहरको अधिकतम तापक्रम 29.2 डिग्री सेल्सियस थियो जुन 1.4 डिग्री सामान्यभन्दा कम हो। मौसम विभाग अनुसार आगामी केही दिनसम्ममा तापक्रममा कुनै ठूलो परिवर्तन हुने अनुमान गरिएको छैन।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande