
गुवाहाटी, 16 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले सोमवार बिहानछठ पूजाको अवसरमा ब्रह्मपुत्र नदीको किनारमा फराकिलो पाण्डु-मालीगाउँ क्षेत्रमा आयोजित दुई वटा पूजा कार्यक्रमहरूमा भाग लिए। यस अवधि उनले श्रद्धालुहरूको साथमा उषा अर्घ्य अर्पण गरी छठी मैया र सूर्य देवताको पूजा-अर्चना गरे।
मुख्यमन्त्रीले राज्यका जनताको सुख, शान्ति, समृद्धि एवं कल्याणको कामना गरे। उनले सामाजिक सञ्जालमा साझा गरेको आफ्नो सन्देशमा प्रकृतिका भने, प्रकृतिको जीवनदाता शक्तिहरूको सकारात्मक प्रभावले समाज समृद्ध होस् तथा सबैको जीवनमा प्रकाश अनि खुशियाली आओस्।
अर्को सन्देशमा मुख्यमन्त्रीले भने, ब्रह्मपुत्रको किनारमा भक्तहरूसँगै उषा अर्घ्य अर्पित गरियो। उनले छढी मैयासित समाजमा आफ्नो कृपा कायम राख्ने प्रार्थना गर्दै कामनागरे, सनातन धर्मका सबै पर्वहरू हर्षोल्लासको साथमा मनाउन पाइरहौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा