मुख्यमन्त्री रेखा गुप्ताले छठ  व्रतालुहरूसँगै उदाउँदो सूर्यदेवलाई अर्घ्य दिइन्
दिल्ली की मुख्यमंत्री रेखा गुप्ता  हाथी घाट पर छठ महापर्व के अंतिम दिन सोमवार को छठ व्रती महिलाओं और श्रद्धालुओं के साथ उगते सूर्यदेव को अर्घ्य अर्पित करते हुए


नयाँ दिल्ली, १६ नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले सोमवार हाथी घाटमा छठ महापर्वको अन्तिम दिन ठूलो सङ्ख्यामा छठ व्रतालुहरू महिला एवं श्रद्धालुहरूसँग उदाउँदो सूर्य भगवानलाई अर्घ्य अर्पण गरेर चार दिवसीय कठिन उपवासको समापन गरिन्। घाटमा उपस्थित श्रद्धालुहरूको माझमा मुख्यमन्त्रीले पनि छठ महापर्वको परम्परामा पूर्ण उत्साहका साथमा सहभाग एएर सबैलाई शुभ पर्वको शुभकामना दिइन्।

यस अवसरमा मुख्यमन्त्रीलाई पूर्ण रूपमा पूर्वाञ्चलको लोक संस्कृति एवं परम्पराहरूको रङ्गमा रङ्गिएको देखियो। परम्परागत पहिरनमा सजिएकी मुख्यमन्त्रीले छठ व्रतालु आमा तथा दिदी-बहिनीहरूसँग मिलेर छठको पारम्परिक गीत गाइन् र उनीहरूसँग पवित्र पर्वको आनन्द बाँड़िन्। उनले छठ व्रतालु महिलाहरूसँग परम्परागत अनुष्ठानहरूमा भाग लिइन्, सिन्दूर लगाएर उनीहरूसँग चाड़को आनन्द बाँड़िन् र छठी मैयाको आशीर्वाद लिइन्। मुख्यमन्त्रीले छठ महोत्सवको अवसरमा श्रद्धालुहरूसित भेटे गरी उनीहरूलाई अभिवादन गर्नका साथै सबैलाई हार्दिक बधाई पनि दिइन्।

मुख्यमन्त्रीले भनिन्, दिल्लीमा बसोबास गर्ने पूर्वाञ्चलका लाखौँ दाज्यु-भाइ तथा दिदी-बहिनीहरूका लागि छठ महापर्व आस्था र भावनासँग जोड़िएको अत्यन्त महत्त्वपूर्ण पर्व हो। आज यमुनाको घाटमा सम्पूर्ण समाज मिलेर छठी मैयाको पूजा गरिरहेका छन्। पूर्वाञ्चलका जनताले आफ्नो मेहनत तथा योगदानले दिल्लीलाई अगाड़ि बढ़ाउनमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनीहरू दिल्ली परिवारको अभिन्न अङ्ग हुन् र उनीहरूको संस्कृति, परम्परा तथा चाड़पर्वहरूको सम्मान गर्नु सरकारको जिम्मेवारी हो।

उनले छठी मैयाको चरणमा प्रार्थना गर्दै भनिन्, उनको आशीर्वाद देश अनि दिल्लीका सबै नागरिकहरूमाथि रहिरहोस् ताकि विकसित भारत तथा विकसित दिल्लीको सङ्कल्प पूरा होस् र देशका हरेक परिवारलाई सुख, समृद्धि एवं सुख प्राप्त होस्।

छठ व्रतालु तथा श्रद्धालुहरूलाई बिहान घाटसम्म पुग्नमा कुनै प्रकारको असुविधा हुन नदिनका लागि मुख्यमन्त्रीको निर्देशमा दिल्ली मेट्रोले विशेष व्यवस्था सुनिश्चित गरेको छ। उषा अर्घ्यको शुभ अवसरमा दिल्ली मेट्रोको सेवा बिहान 4ः30 देखि शुरु गरियो। उनले भनिन्, हाम्रा पूर्वाञ्चली परिवारका सदस्यहरूले दिल्लीलाई आफ्नो घर मात्र नभई आफ्नो संस्कृति एवं परम्पराले समृद्ध बनाएका छन्। तपाईहरूको आस्थालाई सम्मान गर्नु, तपाईहरूको भावनालाई बुझ्नु र छठी मैयाको पूजाका लागि हरेक सम्भव सुविधा प्रदान गर्नु मेरो लागि जिम्मेवारी मात्र होइन, तर आत्मीयताको कुरा पनि हो।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande