तीन जना नाबालिग विद्यार्थी बेपत्ता, पुलिसले मुद्दा दर्ता गर्यो
Fir


शिमला, १६ नोभेम्बर (हि.स.)। शिमला जिल्लाको ठियोग क्षेत्रबाट तीन जना नाबालिग विद्यार्थी बेपत्ता भएका छन्। तीनै जना विद्यार्थी १४ र १५ वर्षका रहेका छन्। उनीहरू ठियोगमा भाड़िको कोठामा बसेर अध्ययन गरिरहेका थिए। उनीहरू १५ नोभेम्बरमा कसैलाई जानकारी नदिई कोठाबाट निस्किएका थिए र त्यसपछि फर्केर आएका छैनन्। परिवारका सदस्य तथा पुलिसले उनीहरूको खोजी शूरु गरेका छन्।

तीन जना विद्यार्थी बेपत्ता भएको सूचना पुलिसले सोमवार प्राप्त गरेको थियो। त्यसपछि प्राप्त उजुरीका आधारमा ठियोग पुलिस थानामा मुद्दा दर्ता गरिएको छ।

बेपत्ता विद्यार्थीहरूमा ठियोगको बासाधार निवासी रमेशका छोरा दिव्यांश (१४), ठियोगकै चिखड निवासी सञ्जय शर्माका छोरा शिवांश (१४) र धगाली निवासी रमेश चन्दका छोरा आदित्य उर्फ आदि (१५) रहेका छन्। तीनै जना शिमला जिल्लाको ठियोग क्षेत्रका बासिन्दा हुन् र त्यहीँ बसेर अध्ययन गरिरहेका थिए।

पुलिस अनुसार, तीन जनामध्ये दुई जना कक्षा १० र एक जना कक्षा ११ मा अध्ययनरत छन्। तीनै जना एकैसाथ कोठाबाट निस्किएर अहिलेसम्म नफर्किएपछि परिवारका सदस्यहरू उनीहरूको खोजीमा जुटेका छन्। स्थानीय पुलिसले पनि उनीहरूको खोजी गरिरहेको छ। तीनै जना नाबालिगको पत्ता लगाउन हरसम्भव प्रयास भइरहेको पुलिसले जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande