
हुगली, 16 नोभेम्बर (हि.स.)। लोक आस्था र सूर्य उपासनाको चार दिने महापर्व छठ सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेर सम्पन्न भयो। सूर्यको पहिलो किरणको साथमा भक्तहरूले भगवान भास्करको पूजा गरेर परिवारको सुख, समृद्धि र सौभाग्यको कामना गरे। यसको साथै 36 घण्टाको निर्जला व्रत पनि सम्पन्न गरियो।
हुगली जिल्लाका श्रीरामपुर, रिषड़ा, चाँपदानी, भद्रेश्वर, चन्दननगर, बाँसबेरिया, उत्तरपाड़ा र कोन्नगर लगायत विभिन्न क्षेत्रका गङ्गा घाटहरू बिहानदेखि नै भक्तहरूले भरिएका थिए। घाटमा छठी मैयाको परम्परागत गीतको धुनमा सम्पूर्ण वातावरण भक्तिमय बन्यो।
यस पर्वको अवसरमा प्रशासनले व्यापक सुरक्षा व्यवस्था गरेको थियो। भक्तहरू गहिरो पानीमा नजाउन् र कुनै पनि अप्रिय घटना नहोस् भन्ने उद्देश्यले नदीभित्र निश्चित दूरीसम्म घाटहरूलाई बन्द गरिएको थियो। प्रत्येक घाटमा ब्यारिकेडिङ्ग नजिकै उद्धारका लागि डुङ्गाहरू राखिएको थियो। यसबीच सड़क तथा घाट वरपर पुलि, कर्मचारीहरूलाई पनि देखियो।
यस अवधि श्रीरामपुर सङ्गठनात्मक जिल्ला भाजपाका अध्यक्ष शशि सिंह आफ्नो टोली सहित भक्तहरूलाई सचेत गराउन अनि सुरक्षा सावधानीका बारेमा सचेत गराउन विभिन्न घाटमा पुगेकी थिइन् भने उत्तरपड़ाका विधायक दीपञ्जन चक्रवर्तीले पनि आफ्नो टोलीसँग त्यस क्षेत्रका छठ घाटको निरीक्षण गरे।
समग्रमा प्रशासनिक सतर्कता, सुरक्षा व्यवस्था तथा भक्तहरूको सहभागितामा जिल्लामा छठ महापर्व शान्तिपूर्वक अनि हर्षोल्लासको साथमा सम्पन्न भयो।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा