छठ पूजामा दिलीप घोषले विभिन्न घाटमा पुगेर सूर्य भगवानलाई अर्घ्य दिए
खड़गपुर के मंदिर तालाब घाट पर दिलीप घोष


खड़गपुर, 16 नोभेम्बर (हि.स.)। खड़गपुरका विधायक तथा ग्रामीण विकास मन्त्री दिलीप घोषले छठ पूजाको अवसरमा शहरका विभिन्न पूजा स्थल अनि घाटहरूमा गएर भक्तहरूसँगै छठ पूजा मनाए। गए आइतवार साँझ उनले खड़गपुर मन्दिरको पोखरी घाटमा पुगेर सूर्य देवलाई सन्ध्या अर्घ्य दिए भने सोमवार बिहान पनि उनले खड़गपुरका विभिन्न छठ घाटहरूको भ्रमण गरी उदाउँदो सूर्य देवताको पूजा-अर्चना गरे।

यस अवधि दिलीप घोषले घाटमा उपस्थित भक्त तथा सर्वसाधारण मानिसहरूसित भेट गरी छठ पर्वको शुभकामना दिए। उनले छठी मैया र सूर्यदेवसित खड़गपुर सहित सम्पूर्ण पश्चिम बङ्गालको प्रत्येक परिवारको सुख, शान्ति, सुस्वास्थ्य एवं समृद्धिको कामना गरे।

यस अवसरमा उनले भने, राज्यमा सरकार परिवर्तन भएपछि छठ घाटको व्यवस्थामा निकै सुधार आएको छ। प्रशासनद्वारा गरिएको व्यापक तयारीका कारण पश्चिम बङ्गालमा छठ पूजा भव्य रूपमा मनाइँदैछ। पछिल्लो सरकारको कार्यकालमा यस्तो राम्रो व्यवस्था नदेखेको उनले बताए। वर्तमानमा भक्तहरूको सुविधा अनि पूजा सुचारु रूपमा सम्पन्न गराउन प्रशासनले राम्रो व्यवस्था गरेको छ।

उनले भने, अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने प्राचीन परम्परा प्रकृतिप्रति कृतज्ञता अनि हाम्रो गहिरो आस्थाको प्रतीक हो।

छठ पूजा सांस्कृतिक परम्परा एवं सामाजिक एकताको महत्त्वपूर्ण पर्व हो।

छठ पूजाको अवसरमा आरपीएफ प्रशिक्षण विद्यालय घाटमा पनि भक्तहरूको ठूलो भी़ड देखियो। यहाँ पनि दिलीप घोष सोमवार भोर बिहान उपस्थित भए। उनले भक्त अनि श्रद्धाहरूसित भेट गरी छठ पूजाको कामना गरे। यसै क्रममा उनले पत्रकारहरूसँग कुराकानी गर्दै छठ पर्वको धार्मिक एवं सांस्कृतिक महत्त्वको बारेमा आफ्ना विचार साझा गरे।

छठ पूजाको अवसरमा खड़गपुर-1 ब्लकको बड़कोला ग्राम पञ्चायतमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। शहरको रुपेश्वर मन्दिर परिसर र मथुरकाठी क्षेत्रको वार्ड नम्बर- 13 मा रहेको अटल बाल निकुञ्जमा पनि छठ पूजा मनाइयो। विभिन्न घाटहरूमा ठूलो सङ्ख्यामा भक्त तथा श्रद्धालुहरूको भीड़ उर्लिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande