मुख्यमन्त्री शुभेन्दु अधिकारीले जगद्धात्री पूजाको महासप्तमीको शुभकामना दिए
जगद्धात्री पूजा पर मुख्यमंत्री शुभेंदु अधिकारी ने दीं शुभकामनाएं


कोलकाता, 16 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले सोमवार बिहान श्री श्री जगद्धात्री पूजाको महासप्तमीको अवसरमा राज्यवासीहरूलाई हार्दिक शुभकामना दिए। उनले एक्समा सन्देश साझा गर्दै माँ जगद्धात्रीसित सुख, शान्ति, समृद्धि एवं सबैको जीवनमा आनन्दको कामना गरे।

आफ्नो सन्देशमा मुख्यमन्त्रीले भने, श्री श्री जगद्धात्री पूजाको महा सप्तमीको शुभ अवसरमा सबैलाई हार्दिक शुभकामना एवं मङ्गलकामना। माँ जगद्धात्रीको आशीर्वादले सबैको जीवन सुख, शान्ति, समृद्धि र आनन्दले परिपूर्ण होस्। उनले आफ्नो सन्देशको समापन जय माँ जगद्धात्री उद्घोषसितै गरे।

उल्लेख्य, जगद्धात्री पूजाले बङ्गालको प्राचीन धार्मिक एवं सांस्कृतिक परम्परामा विशेष स्थान ओगटेको छ। यसको ऐतिहासिक उल्लेख 14औँ-15औँ शताब्दीको स्मार्त विद्वान शुलपाणिको ग्रन्थ कलविवेकामा पाइन्छ। यद्यपि यस पूजाले 18 औँ शताब्दीमा व्यापक लोकप्रियता प्राप्त गरेको थियो। नदियाका महाराजा कृष्णचन्द्र राई अनि चन्दननगरका इन्द्रनारायण चौधरीको यसको प्रचार-प्रसारमा महत्त्वपूर्ण योगदान रहेको मानिन्छ।

हुगली जिल्लाको चन्दननगर र नादियाको कृष्णनगर अझै पनि जगद्धात्री पूजाका प्रमुख केन्द्रहरू हुन्। चन्दननगर आफ्नो विशाल प्रतिमाहरू तथा आकर्षक विद्युतीय सजावटको लागि प्रसिद्ध छ। जयरामबाटीमा माँ शारदा देवीसँग सम्बन्धित जगद्धात्री पूजाको परम्पराले पनि विशेष धार्मिक महत्त्व राख्छ

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande