
-गपाई गाउँबाट पक्रा परेका सोनु वर्मालाई दिल्ली पुलिसलाई सुम्पिइयो, ठगीको रुपियाँ कोलकाता पुऱ्याएको खुलासा
गिरिडीह, 16 नोभेम्बर (हि.स.)। गिरीडीह साइबर थाना पुलिसले करोडौँ रुपियाँको साइबर ठगी प्रकरणमा अभियुक्त सोनु वर्मालाई पक्राउ गरेको छ। यस पटक उसलाई पश्चिमी दिल्लीको साइबर पुलिस स्टेशनमा दर्ता 21.78 लाखको ठगीको मामिलामा पक्राउ गरिएको हो। उसलाई गिरीडीहको मुफस्सिल थाना क्षेत्रको गपाई गाउँबाट गए आइतवार पक्राउ गरेपछि पुलिसले दिल्ली पुलिसलाई हस्तान्तरण गरिदियो। अहिले दिल्ली पुलिसले उसलाई ट्रान्जिट रिमाण्डमा लिने तयारी गरिरहेको छ।
यस सम्बन्धमा गिरिडीहका पुलिस अधीक्षक डा. बिमल कुमारले भने, पश्चिम दिल्लीका एकजना वरिष्ठ पुलिस अधिकारीले साइबर पुलिस स्टेशनमा दर्ता गरिएको केस नम्बर 522/2026- को बारेमा जानकारी गराउँदै अभियुक्तलाई पक्राउ गर्नमा सहयोग मागेका थिए। त्यसपछि सोनु वर्मालाई पक्राउ गर्न टोली गठन गरिएको थियो। साइबर इन्स्पेक्टर रामेश्वर भगतको नेतृत्वमा पुलिस टीमले गपाई गाउँमा अवस्थित आरोपीको घरमा छापा मारेर उसलाई पक्राउ गऱ्यो।
पक्राउपछि अबेर राती पश्चिम दिल्ली साइबर थाना अधिकारी सञ्जीव कुमार पुलिस बल लिएर गिरिडीह पुगे। दिल्ली पुलिसको टीमले सोनु वर्मालाई सोधपुछ गऱ्यो। दिल्ली पुलिस अनुसार प्रारम्भिक सोधपुछमा ठगी गरिएको पैसा कोलकातामा पठाइएको खुलासा भएको छ। पुलिसले यस मामिलामा उसका अन्य सहयोगीहरूको खोजी गरिरहेको छ।
पुलिस अनुसार सोनु वर्मा लगभग एक दशकदेखि साइबर अपराधको संसारमा सक्रिय छन्। उमाथि करोडौँ रुपियाँको ठगीमा संलग्न रहेको आरोप लगाइएको छ। उ यसअघि पनि जेल गइसकेको छ।
पश्चिम दिल्ली साइबर पुलिस थानाका अधिकारी सञ्जीव कुमारले पनि सोनु वर्मालाई पक्राउ गरिएको पुष्टि गर्दै उसलाई केस नम्बर 522/2026 अन्तर्गत पक्राउ गरिएको बताए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा