खड़गपुरमा अवैध मदिरा कारोबारविरुद्ध ठूलो कारबाही, तीन ठाउँ छापा
खड़गपुर में अवैध शराब भारी मात्रा में शराब जब्त।


खड़गपुर, 16 नोभेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुर शहरमा अवैध मदिरामाथि रोक लगाउनको लागि रेलवे सुरक्षा बल (आरपीएफ) र आबकारी विभागले संयुक्त अभियान सञ्चालन गऱ्यो। एक गुप्त सूचनाको आधारमा सोमवार साउथ साइड, गोलबजार र सेन्ट्रल बस स्ट्याण्ड सहित शहरका विभिन्न क्षेत्रमा खोजी अभियान चलाइयो। यस अवधिमा अधिकारीहरूले प्रचुर मात्रामा देशी तथा विदेशी रक्सी जफत गरे।

जानकारी अनुसार शहरमा अवैध मदिरा भण्डारण अनि व्यापार भइरहेको सूचना पाएपछि दुवै विभागले संयुक्त रूपमा अभियान चलाएका हुन्। विभिन्न स्थानमा गरिएको खोजीमा अवैध रूपमा भण्डार गरिएको रक्सीका बोतलहरू बरामद भएका छन्। जफत गरिएको रक्सीको अनुमानित बजार मूल्य हजारौँ रुपियाँ रहेको बताइएको छ।

तथापि अभियानको क्रममा ठूलो मात्रामा रक्सी जफत गरिए पनि यस सम्बन्धमा पक्राउ भने कसैलाई गरिएको छैन। जफत गरिएको रक्सी कहाँबाट ल्याइएको थियो र यो व्यवसायमा को-को संलग्न छन् भन्ने कुरा पत्तो लगाउने प्रयास अधिकारीहरूले गरिरहेका छन्। यसको पछाड़ि ठूलो गिरोहको भूमिका छ कि छैन, त्यसको पनि अनुसन्धान भइरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande