तिनसुकियाको गोदाममा भयानक आगलागी, करोडौँको सामान जलेर स्वाहा
Fire. आग।


तिनसुकिया (असम), 16 नोभेम्बर (हि.स.)। असमको तिनसुकिया जिल्ला अधिनस्थ न-पुखुरीस्थित कोल्ड स्टोरेज कम्प्लेक्सको गोदाममा भीषण आगलागी भएको छ। आगलागीमा करोडौँ रुपियाँ मूल्यका सामानहरू जलेर नष्ट भएका छन्।

प्रारम्भिक जानकारी अनुसार द्रूत गतिमा फैलिएको आगोले हेर्दा-हेर्दै गोदामको ठूलो भागलाई आफ्नो चपेटमा लियो। आगलागीमा करोडौँ रुपियाँ मूल्यका सरसामग्रीहरू नष्ट भएको आशङ्का गरिएको छ।

घटनापछि यस क्षेत्रमा व्यापक रूपमा खैलाबैला मच्चियो। आगलागीको कारण अनि यसले पुऱ्याएको क्षतिको वास्तविक मूल्याङ्कनको सन्दर्भमा विस्तृत जानकारीको प्रतिक्षा छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande