
नयाँ दिल्ली, १६ नोभेम्बर (हि.स.)। लोकसभा अध्यक्ष ओम बिरला आगामी १८ नोभेम्बरमा गुजरातको वडनगरस्थित ऐतिहासिक श्री हाटकेश्वर महादेव मन्दिरमा आयोजित विश्व शान्ति महायज्ञमा सहभागी हुनेछन्। उक्त महायज्ञ ११ नोभेम्बरदेखि सञ्चालन भइरहेको छ र २० नोभेम्बरमा सम्पन्न हुनेछ।
लोकसभा सचिवालयका अनुसार, विश्व शान्ति, सामाजिक सद्भाव तथा जनकल्याणको उद्देश्यले १० दिने यस महायज्ञको आयोजना गरिएको हो। काञ्ची कामकोटि पीठका पीठाधीश्वर जगद्गुरु शङ्कर विजयेंद्र सरस्वती स्वामीगलको मार्गदर्शन तथा सान्निध्यमा महायज्ञ सञ्चालन भइरहेको छ।
महायज्ञमा प्रत्येक दिन धार्मिक अनुष्ठानहरू सम्पन्न भइरहेका छन्। यसमा देशभरिबाट १४४ जना वैदिक विद्वान् तथा श्रद्धालुहरूले सहभागिता जनाइरहेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी