पुन्छमा एलओसी नजिकै संदिग्ध गतिविधि, सेनाद्वारा गोलीबारी
पुन्छमा एलओसी नजिकै संदिग्ध गतिविधि, सेनाद्वारा गोलीबारी


पुन्छ, १६ नोभेम्बर (हि.स.)। जम्मू-कश्मीरको पुन्छ जिल्लामा सोमबार नियन्त्रण रेखा (एलओसी) नजिकै जङ्गली क्षेत्रमा संदिग्ध गतिविधि देखिएपछि भारतीय सेनाका जवानहरूले गोलीबारी गरे।

अधिकारीहरूका अनुसार, सवजियन सेक्टरको कनारी क्षेत्रमा सीमामा तैनाथ जवानहरूले राति करिब १ः३० बजी केही संदिग्ध गतिविधि देखेका थिए। त्यसपछि जवानहरूले साना हतियारबाट करिब दुई दर्जन गोली चलाएका थिए। यसलगत्तै सीमापारिबाट आतङ्ककारीहरूको कुनै पनि घुसपैठ प्रयासलाई विफल पार्ने उद्देश्यले सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरिएको थियो।

अधिकारीहरूले बताएअनुसार, बिहान उज्यालो हुनासाथ खोजी अभियान शुरु गरियो। पछिल्लो जानकारी प्राप्त हुँदासम्म उक्त अभियान जारी रहेको थियो। यस घटनासम्बन्धी थप विवरणको प्रतीक्षा भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande