नाम्चीमा विद्युत् आपूर्ति बन्द रहने सूचना जारी
विद्युत् विभागले जारी गरेको सूचना


नाम्ची, 16 नोभेम्बर (हि.स.)। सिक्किम सरकारको विद्युत् विभागले एडीबी पीकेजी-१ परियोजनाको कार्य कार्यान्वयनका लागि १७ नोभेम्बर, २०२६ का दिन मल्ली ६६/११ केभी उपकेन्द्रमा निर्धारित विद्युत् कटौतीको सूचना जारी गरेको छ। सूचनामा उक्त दिन बिहान ८ बजीदेखि अपराह्न ४ बजीसम्म विद्युत् आपूर्ति बन्द रहने जानकारी गराइएको छ।

सूचनाका अनुसार, यस अवधिमा नाम्ची, किताम, दमथाङ, भञ्ज्याङ, नामथाङ-रातेपानी, सदाम, मल्ली, तुरुक, सुम्बुक तथा आसपासका क्षेत्रहरूमा विद्युत् आपूर्ति अवरुद्ध रहनेछ।

विद्युत् विभागले सम्बन्धित क्षेत्रका बासिन्दाहरूलाई निर्धारित विद्युत् कटौतीबारे जानकारी राख्दै आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande