बेलायतका प्रिन्स विलियम र प्रिन्सेस केट मिडलटन मुम्बई आइपुगे
बेलायतका प्रिन्स विलियम र प्रिन्सेस केट मिडलटन मुम्बई आइपुगे


मुम्बई, १६ नोभेम्बर (हि.स.)। बेलायतका प्रिन्स विलियम र उनकी पत्नी प्रिन्सेस केट मिडलटन तीन दिने भारत भ्रमणका क्रममा सोमवार मुम्बई आइपुगेका छन्। बैलार्ड एस्टेटमा क्रिकेट खेलाड़ी सचिन तेन्दुलकर र स्थानीय युवाहरूसँग गल्ली क्रिकेट खेल्नु उनीहरूको भ्रमणको विशेष आकर्षण रह्यो।

बेलायती शाही दम्पती अर्थशट पुरस्कार समारोहमा सहभागी भएपछि बुधवार दिल्ली प्रस्थान गर्नेछन्। त्यहाँ उनीहरूको प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने कार्यक्रम छ। शाही दम्पतीको आवागमनलाई ध्यानमा राख्दै मुम्बईमा यातायात व्यवस्थामा परिवर्तन गरिएको छ।

मुम्बई ट्राफिक पुलिसले १६ देखि १९ नोभेम्बरसम्म दक्षिण मुम्बईका विभिन्न क्षेत्रमा यातायात प्रतिबन्ध लागू गरेको छ। यद्यपि, पुलिसको सार्वजनिक सूचनामा डाइभर्ट गरिएका मार्गहरूको निश्चित सङ्ख्या उल्लेख गरिएको छैन। प्रमुख परिवर्तनहरू यस प्रकार छन् :

- हुतात्मा राजगुरु चोक र फ्रि प्रेस रोडमा भीआईपी सवारीसाधनका लागि विशेष व्यवस्था गरिएको छ।

- शहीद भगत सिंह मार्गबाट बलार्ड पियरतर्फ जाने सड़कमा सामान्य सवारीसाधनको आवागमन प्रतिबन्धित गरिएको छ।

-एन. मोरारजी रोडमा उत्तर-दक्षिण दिशातर्फको सामान्य यातायात बन्द गरिएको छ।

-एनसीपीएका वरपर विनय के. शाह मार्ग र दोराबजी टाटा रोडमा पार्किङ प्रतिबन्ध लगाइएको छ।

- एम्बुलेन्स, दमकल र पुलिसका सवारीसाधनलाई भने छुट दिइएको छ।

भ्रमणका प्रमुख कार्यक्रमहरू :

१७ नोभेम्बर : मुम्बईमा छैटौं अर्थशट पुरस्कार समारोह आयोजना हुनेछ। पर्यावरण संरक्षण तथा जलवायु समाधानका क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई सम्मानित गरिनेछ।

- १८ नोभेम्बर : नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ। त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता प्रस्तावित छ।

- मुम्बईमा क्रिकेट, फेशन र चलचित्र जगतसँग सम्बन्धित विभिन्न कार्यक्रममा पनि उनीहरूको सहभागिता रहनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande