मुख्यमन्त्री तामाङले 14 पलङयुक्त चिकित्सा गहन हेरचाह केन्द्रको उद्घाटन गरे
मुख्यमन्त्री तामाङले 14 पलङयुक्त चिकित्सा गहन हेरचाह केन्द्रको उद्घाटन गरे


गान्तोक, 16 नोभेम्बर (हि.स.)।मुख्यमन्त्री पीएस तामाङले सोमवार बिहान सोकेथाङस्थित एसटीएनएम अस्पतालमा हालै स्थापना गरिएको 14 पलङयुक्त चिकित्सा गहन हेरचाह केन्द्रको उद्घाटन गरेका छन्।

‘सन फार्मा लिमिटेड’ को सीएसआर पहल र स्वास्थ्य सेवा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत तयार पारिएको यो 14 पलङयुक्त (एमआईसीयू) ले विशेष प्रकारको सघन उपचार सेवा प्रदान गर्नेछ।

उद्घाटन समारोहमा मुख्यमन्त्रीसँगै स्वास्थ्य तथा परिवार कल्याण, संस्कृति एवं आयुष (आयुष) विभागका मन्त्री जीटी ढुङ्गेल, स्यारी-ताथाङ्चेन निर्वाचन क्षेत्रका विधायक तथा वन एवं पर्यावरण विभागका सल्लाहकार तेञ्जिङ लाम्टा र मार्ताम-रूम्तेक निर्वाचन क्षेत्रका विधायक तथा सार्वजनिक लेखा समितिका अध्यक्ष सोनाम छिरिङ भेञ्चुङ्पाको उपस्थिति रहेको थियो।

शिलालेख अनावरण गर्नुअघि मुख्यमन्त्रीले एसटीएनएम परिसरभित्र रहेको ‘साङ्गे मेनला’ (औषधि बुद्ध) को प्रतिमामा प्रार्थना गरे साथै उनले ‘सन फार्मा लिमिटेड’ को सीएसआर सहयोगमा सञ्चालित अन्य विद्यालय कार्यक्रमहरूको पनि भर्चुअल माध्यमबाट उद्घाटन गरे।

कार्यक्रममा शिक्षा विभागका प्रधान सचिव सन्दीप ताम्बे, स्वास्थ्य तथा परिवार कल्याण विभागका सचिव छेवाङ ग्याछो, विद्यालय शिक्षा विभागका सचिव टाशी छोपेल, सन फार्माका सीएसआर प्रबन्धक वासिफ अलीसहित अन्यको उपस्थिति रहेको थियो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande