पहाड़गञ्ज भवन दुर्घटनाः घर मालिक र ठेकादार पक्राउ
पहाड़गंज में होटल निर्माण के दौरान दूसरी मंजिल का गिरा लिंटर गिरा


नयाँ दिल्ली, 16 नोभेम्बर (हि.स.)। पहाडगञ्जमा निर्माणाधिन होटलको केही भाग भत्केर झरेको मामिलामा घर मालिक रमन र ठेकादार अनवरलाई पुलिसले पक्राउ गरेको छ। पहाड़गञ्ज पुलिस स्टेशनमा दुवै आरोपीविरूद्ध बीएनएसको धारा 290, 125 (ए), 223 (ए) र 3 (5) अन्तर्गत एफआईआर दर्ता गरिएको छ।

मध्य जिल्लाका डीसीपी रोहित राजबीर सिंह अनुसार गत 15 नोभेम्बरमा पहाड़गञ्जमा दुर्घटना भएको थियो। एउटा भवनमा होटल निर्माणको कार्य भइरहेको थियो। दुर्घटना हुँदा दोस्रो तलाको छतको लिन्टर जड़ान गरिँदै थियो। यसैबीच भवनको एक भाग अचानक भत्कियो। यसका भग्नावशेषको चपेटामा परेर त्यहाँ काम गरिरहेका आठ जना मजदुरहरू घाइते भएका थिए। ती सबैलाई उपचारका लागि लेडी हार्डिङ्ग मेडिकल कलेज एवं अस्पतालमा भर्ना गरिएको थियो।

घाइतेहरूको पहिचान शेख सद्दाम (37), शेख राजा (20), मोहम्मद सुहेल (50), सञ्जुद खान (40), गौतम यादव (28), वरुण यादव (36), राजा (36) र मन्तु (40)- को रूपमा भएको थियो।

पुलिसको प्रारम्भिक अनुसन्धानमा भवनलाई सहारा दिने खम्बाहरू भिजेको अवस्थामा फेला परेको थियो। साथै भवन पनि एकातिर झुकेको देखिएको थियो। दुर्घटनापछि निर्माण कार्यमा सुरक्षा उपाय एवं भवनको मजबुतीलाई लिएर प्रश्न उठेको थियो। पुलिसले अब घर मालिक रमन र ठेकादार अनवरको भूमिका सहित दुर्घटनाको कारण अनि सम्भावित लापरवाहीको अनुसन्धान गरिरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande