
कोलकाता, 16 नोभेम्बर (हि.स.)। रामकृष्ण मठ एवं मिशनको प्रशासनिक तथा बौद्धिक जगतलाई अपूरणीय क्षति पुगेको छ। सङ्घका वरिष्ठ सह-अध्यक्ष स्वामी भजानन्दजी महाराजको सोमवार दिउँसो 12ः13 बजे वृन्दावनको मेडिकल सेन्टरमा निधन भयो। उनी 90 वर्षका थिए। उनको महाप्रयाणको खबर पाउनसाथ विश्वभरि फैलिएका उनका अनुयायीहरू तथा सन्यासी समुदायमा शोक फैलियो। उनको अन्तिम संस्कार मङ्गलवार दिउँसो करिब 2 बजे वृन्दावनमा गरिनेछ।
महाराजको निधन भएको घोषणापछि बेलुर मठको पक्षबाट गहिरो शोक व्यक्त गरिएको छ। आफ्नो शोक सन्देशमा सङ्घका महासचिव स्वामी सुबिरानन्दजी महाराजले भजानन्दजी महाराजको प्रस्थानले सिर्जना गरेको खाली ठाउँ निकट भविष्यमा भर्न निकै गाह्रो हुने बताए। उनको लामो अभ्यास, गहन अध्ययन तथा संस्थाप्रतिको अटुट समर्पण सङ्घको इतिहासमा सधैँ अमर रहनेछ।
मुख्यमन्त्री शुभेन्दु अधिकारीले पनि उनको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। मुख्यमन्त्रीको आधिकारिक 'एक्स' ह्याण्डलमा जारी शोक सन्देशमा लेखिएको छ, 'मुख्यमन्त्रीले रामकृष्ण मठ र मिशनका सह-अध्यक्ष परम पूज्य स्वामी भजानन्दजी महाराजको महाप्रयाणप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनी श्री रामकृष्ण लोक जानु आध्यात्मिक संसारका लागि अपूरणीय क्षति हो। मानवताको सेवा तथा श्री रामकृष्ण, माँ शारदा एवं स्वामी विवेकानन्दका आदर्शहरूको प्रचारमा उनको आजीवन बलिदान अनि समर्पणलाई सधैँ स्मरण गरिनेछ। बेलुर मठका ऋषिहरू तथा अनगन्ती भक्तहरूप्रति मेरो गहिरो समवेदना। ऊॅ शान्ति।
आधुनिक युगमा रामकृष्ण आन्दोलनको दार्शनिक आधारलाई बलियो बनाउने प्रमुख वास्तुकारहरूममा स्वामी भजानन्दको गणना हुन्थ्यो। उनको कार्यक्षेत्र प्रशासनिक जिम्मेवारीहरूसम्म मात्र सीमित थिएन, तर उनले युवा तपस्वीहरूको बौद्धिक र मानसिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले बेलुर मठको प्रशिक्षण केन्द्रमा लगातार तीन दशकसम्म आचार्यको रूपमा सेवा गरे। त्यहाँ उनले वेदान्त, योग दर्शन अनि तुलनात्मक धर्मशास्त्र पढ़ाए। उनीसँग संस्कृत शास्त्रका साथै इसाई धर्मशास्त्रको गहिरो ज्ञान थियो जसले सङ्घको बौद्धिक छलफल र अध्ययनलाई नयाँ उचाईँमा पुऱ्याएको थियो।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा