
हुगली, 16 नोभेम्बर (हि.स.)। रिषड़ामा आगामी जगद्धात्री पूजालाई लिएर सोमवार साँझ रिषड़ा पुलिस स्टेशनमा आधिकारिक गाइड म्याप जारी गरियो। यस अवसरमा पश्चिम बङ्गालका पीएचई तथा श्रम राज्यमन्त्री भास्कर भट्टाचार्य, भाजपाका श्रीरामपुर सङ्गठनात्मक जिल्ला अध्यक्ष शशि सिंह, डीसीपी. श्रीरामपुर अर्णव विश्वास, एसीपी कमल मैती, श्रीरामपुर पुलिस थाना प्रभारी बापी रोय तथा रिषड़ा थाना प्रभारी परमेश्वर प्रामाणिक सहित अन्य पुलिस एवं प्रशासनिक अधिकारीहरू उपस्थित थिए।
कार्यक्रममा रिषड़ा थानाद्वारा आठ जना मानिसहरूलाई उनीहरूले हराएको मोबाइल फोन पनि फिर्ता गरियो।
यस अवसरमा मन्त्री भास्कर भट्टाचार्यले भने, पहिला पुलिसले स्वतन्त्र रूपमा काम गर्ने अवसर पाउँदैनथ्यो, तर अहिले पुलिसले आफ्नो विवेक र इच्छाशक्तिको साथमा काम गरिरहेको छ। यसको सकारात्मक प्रभाव कानुन अनि व्यवस्थामा देख्न सकिन्छ। हालैका सबै चाड़पर्वहरू शान्तिपूर्वक सम्पन्न भयो भने जगद्धात्री पूजा पनि यस्तै सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास छ।
डीसीपी श्रीराम्पुर अर्णव बिस्वासले रिषड़ामा 102 स्थानमा जगद्धात्री पूजा आयोजना गरिएको जानकारी दिए। यसलाई ध्यानमा राख्दै कड़ा सुरक्षा व्यवस्था गरिएको छ। पूजाको समयमा एक हजारभन्दा बढडी पुलिस कर्मचारी, होम गार्ड र एनसीसी क्याडेटहरू तैनाथ हुनेछन्। पूजा पण्डाल, भीडभाड भएको क्षेत्र र ट्राफिक व्यवस्थामा पुलिसले विशेष निगरानी राख्नेछ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा