ऋतब्रत ब्यानर्जी गुटको 'एक्स' अकाउन्ट सस्पेन्ड, टिएमसीका  दुई गुटमा आरोप-प्रत्यारोपको सिलसिला जारी
रितब्रत ट्वीटर ससिपेंड


कोलकाता, 16 नोभेम्बर (हि.स.)। तृणमूल कङ्ग्रेस (टीएमसि)- मा विभाजन भएपछि पार्टीका दुई गुट, ममता ब्यानर्जी समर्थित कालीघाट गुट र ऋतब्रत ब्यानर्जी समर्थित गुटबीचको राजनीतिक तथा कानुनी तानातान सोशल मिडियामा पनि पुगेको छ। सोमवार बिहानदेखि नै माइक्रोब्लगिङ्ग प्लेटफर्म 'एक्स' (पहिले ट्विटर)- मा 'लोकतान्त्रिक तृणमूल कङ्ग्रेस' (ऋतब्रत गुट)- को आधिकारिक ह्याण्डल सस्पेन्ड भएको देखिँदैछ। अकाउन्ट खोल्दा अकाउन्ट सस्पेन्डेड-को सन्देश देखाउँछ जसमा लेखिएकोछ, 'एक्स'- का नियमहरूको उल्लङ्घन गर्ने खाताहरूलाई निलम्बित गरिन्छ। यस निलम्बनपछि, ऋतब्रत ब्यानर्जी गुटले ममता ब्यानर्जी गुट (कालीघाट शिविर)- माथि सुनियोजित ढङ्गमा उनीहरूको एकाउन्टलाई रिपोर्ट गरेर बन्द गराएको आरोप लगाएको छ भने ममता गुटले यी आरोपहरूलाई शिराबाटैै खारेज गरिदिएको छ।

टीएमसीको विभाजनपछि कुन गुटले पार्टीको मूल नाम र चुनाउ चिन्ह 'जोडा फूल' (दुई फूल) पाउला भन्ने विषय अहिले पनि भारतीय निर्वाचन आयोग (इसीआई) समक्ष विचाराधिन छ। यस किसिमको तानातान भइरहेको अवस्थामा गत17 सेप्टेम्बरको राती निर्वाचन आयोगले पार्टीको मूल नाम 'अखिल भारतीय तृणमूल कङ्ग्रेस' र चिन्हलाई फ्रिज गर्ने अन्तरिम आदेश जारी गरेको थियो। राज्यका दुई वटा विधानसभा सीटमा पछिल्लो समय भएको उपचुनाउको लागि आयोगले दुवै गुटलाई फरक-फरक नाम र चिन्ह दिएको थियो। ममता शिविरले ममता अखिल भारतीय तृणमूल कङ्ग्रेस नाम र चुनावी प्रतीक फुटबलको साथमा फुटबलर प्राप्त गऱ्यो भने विधानसभामा विपक्षी दलका नेता ऋतब्रत ब्यानर्जीको गुटलाई लोकतान्त्रिक तृणमूल कङ्ग्रेस नाम र चुनावी प्रतीक लिफाफा दिइएको थियो

विभाजनपछि दुवै गुटले आफ्नो छुट्टै सोशल मिडिया ह्याण्डल सञ्चालन गर्न थालेका थिए। टीएमसीको पुरानो र मूल 'एक्स' ह्याण्डल ममता शिविरमा रह्यो भने ऋतब्रत गुटले नयाँ 'प्रयोगकर्ता नाम' सहित आफ्नै छुट्टै अकाउन्ट बनाएको थियो जसलाई अहिले निलम्बित गरिएको छ। ऋतब्रत गुटका प्रवक्ता रिजु दत्ताले यस निलम्बनको लागि कालीघाट शिविरलाई प्रत्यक्ष रूपमा दोष दिँदै भने, पार्टीको नाम र चिन्हको बारेमा अहिलेसम्म कुनै अन्तिम निर्णय नभएको कारण उनीहरूले (कालीघाट शिविर) नियोजित रूपमा रिपोर्ट गरेर हाम्रो अकाउन्टलाई सस्पेन्ड गराएको हो। हामीले सबै आवश्यक जानकारी तथा कागजपत्रहरूको साथमा सकेसम्म चाँड़ै आफ्नो अकाउन्टलाई पुनर्स्थापित गर्ने प्रयास गरिरहेका छौं।

अर्कातिर ममता ब्यानर्जी गुटकी विधायक अलिफा अहमदले ऋतब्रत गुटका यी आरोपहरूलाई आधारहीन बताउँदै प्रतिवाद गरेकी छन्। उनले ऋतब्रत गुटलाई भाजपाको नेतृत्वमा रहेको सरकारको बी-टीम बताएकी छन्। अलिफाले स्पष्ट पारिन्, उनको गुटको 'लोकतान्त्रिक तृणमूल कङ्ग्रेस'- को एक्स अकाउन्ट सस्पेन्डसँग कुनै सम्बन्ध छैन। उनले कटाक्ष गरिन्, तिनीहरू राज्य सरकारका बी-टिम हुन्, उनीहरूले चाहे राज्य पुलिस मार्फत जाँच गराउन सक्नेछन् कि हामीले यस्तो केही गरेका छौं कि छैनौं भनेर। हामी नै वास्तविक विपक्षी हौँ र हामी नै सड़कदेखि लिएर सोशल मिडियासम्म सबै ठाउँमा लड़िरहेका छौँ। सोशल मिडिया अकान्ट सस्पेेन्ड जस्ता समस्याहरूको सामना त हामीले गर्न परिरहेको छ। हामीलाई भाजपा वा राज्य सरकारको बी-टीम जस्तो कुनै पनि पार्टीको अकाउन्टलाई रिपोर्ट गर्ने वा सस्पेन्ड गराउने कुनै आवश्यकता छैन।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande