फतेहपुरः ट्रकको चपेटामा परी तीन मोटरसाइकल सवारको मृत्यु
घटना से संबंधित कोतवाली सदर की फोटो


फतेहपुर, 16 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको फतेहपुर जिल्लामा कोतवाली क्षेत्र अन्तर्गत कानपुर-प्रयागराज राजमार्गमा सोमवार बिहान गडरियन पुरवा नजिक एउटा द्रूत गतिको ट्रकले मोटरसाइकल सवार तीन जना साथीहरूलाई ठक्कर दियो। यस भयानक दुर्घटनामा तीनै साथीहरू गम्भीर रूपमा घाइते भए। सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि घाइते युवकहरूलाई अस्पतालमा पुऱ्यायो जहाँ डाक्टरले उनीहरूलाई मृत घोषित गरिदिए।

मृतकहरूको पहिचान स्पर्श गौतम, अनुज पाल र विशेष पटेलका रूपमा भएको छ। तीनैजनाको उमेर लगभग 19 वर्षको थियो। परिवारका सदस्यहरूले भने, तीन जना साथीहरू सँगै जिम सत्रपछि मोटरसाइकलमा घर फर्किरहेका थिए। यसैबीच कानपुर-प्रयागराज राजमार्गमा गडरियान पुरवा नजिकै द्रुत गतिमा गइरहेको ट्रकले उनीहरूको मोटर साइकललाई ठक्कर दियो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले घाइते तीनै जनालाई अस्पताल लग्यो। तर त्यतिञ्जेलसम्ममा सबै जनाको मृत्यु भइसकेको थियो। दुर्घटनापछि ट्रक चालक घटनास्थलबाट भाग्यो।

कोतवाली प्रभारी हेमन्त कुमार मिश्राले बताए, सड़क दुर्घटनामा तीन युवकको मृत्यु भएको छ। दुर्घटना गराउने वाहन र त्यसको चालकको खोजी भइरहेको छ। शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर अग्रिम कानुनी कारबाही गरिँदैछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande