ग्वालपड़ामा जङ्गली हात्तीहरूको आतङ्क, बाल-बालिकाहरू तम्बुभित्र अध्ययन गर्न बाध्य
Image of the Students Attending the Classes Under Makeshift Tent.


गोलपारा (असम),16 नोभेम्बर (हि.स.)। असमको ग्वालपाड़ा जिल्लामा जङ्गली हात्तीको आतङ्कले एउटा स्कूलको पढाईमा गम्भीर प्रभाव परेको छ। विद्यालय परिसर वरिपरी जङ्गली हात्तीहरूको बारम्बार आवागमनले विद्यार्थी एवं शिक्षकहरूको सुरक्षालाई लिएर चिन्ता बढ़ाएको छ।

हात्तीले आक्रमण गर्ने डरले विद्यालयमा नियमित कक्षाहरू अवरुद्ध भएका छन्। यस्तो अवस्थामा स-साना विद्यार्थीहरूलाई कक्षाको सट्टा तम्बुमुनि बसेर अध्ययन गर्न परिरहेको छ।

यस्तो अवस्थाले अभिभावक एवं स्थानीय मानिसहरूमा डरको वातावरण सिर्जना गरेको छ। विद्यालय वरिपरी हात्तीको झुण्डको उपस्थितिले कुनै पनि समयमा कुनै पनि अप्रिय घटना निम्त्याउन सक्ने डरले उनीहरूलाई सताइरहेको छ।

यस क्षेत्रमा बढ्दो मानव-हात्ती द्वन्द्वले स्थानीयहरूको समस्या बढ़ाएको छ भने अर्कोतिर अभिभावकहरू आफ्ना छोरा-छोरीहरूको शिक्षा र सुरक्षा दुवैलाई लिएर चिन्तित छन्।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande