
हरिद्वार, 16 नोभेम्बर (हि.स.)। नगर कोतवाली क्षेत्रमा मानवतालाई लाजमर्दो बनाउने घटना प्रकाशमा आएको छ। 11 महिनाकी दुधमुखे बालिकालाई छिमेकमा बस्ने एकजना युवकमाथि बलात्कार गरेको आरोप लगाइएको छ। बालिकाको चित्कार-पुकार सुनेर आमा कोठामा पुुग्दा त्यहाँको अवस्था देखेर आमा हक्क न बक्क भइन्। उनलाई देखेर अभियुक्त घटनास्थलबाट भाग्यो। परिवारले बालिकालाई तुरुन्तै अस्पताल लग्यो जहाँ डाक्टरहरूले उनको गम्भीर अवस्थालाई ध्यानमा राखेर उच्च केन्द्रमा रेफर गरिदिए।
जानकारी अनुसार पीड़ितको परिवार मूल रूपमा उत्तर प्रदेशको देवरियाको हो। बालिकाका बुबा औद्योगिक क्षेत्रको एउटा कारखानामा काम गर्छन्। बिहारको भागलपुरका बासिन्दा सौरभ पनि केही दिनअघि सोही कारखानामा काम गर्न आएको थियो। उसले पनि पीडित परिवारको घर नजिकै भाड़ामा कोठा लिएको थियो।
भनिन्छ, गत आइतवार राती बालिका घरमा रोइरहेकी थिई भने उसकी आमा त्यस समय खाना पकाउनमा व्यस्त थिइन्। यसैबीच छिमेकमा बस्ने सौरभले बालिकालाई फकाउने बताउँदै आफ्नो कोठामा लिएर गयो। केही समयपछि कोठाबाट बालिका चिच्याएको आवाज आयो। आवाज सुनेर आमा तुरुन्तै कोठातिर दौडिन्। त्यहाँ बच्चीको अवस्था देखेर उनको होश उड़्यो। उनलाई देखेर अभियुक्त घटनास्थलबाट भाग्यो।
सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर बालिकालाई अस्पतालमा पठाइदियो। प्रारम्भिक उपचारपछि डाक्टरहरूले उसको गम्भीर अवस्थालाई ध्यानमा राख्दै उच्च केन्द्रमा रेफर गरिदिए।
नगर कोतवाली प्रभारी कुन्दन सिंह राणाले पीडित पक्षको उजुरीमा अभियुक्त सौरभविरुद्ध पोस्को ऐन र अन्य सम्बन्धित धारा अन्तर्गत मुद्दा दर्ता गरिएको बताए। अभियुक्तलाई पक्राउ गर्नको लागि पुलिस टीम गठन गरिएको छ। उसलाई चाँडै पक्राउ गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा