प्लास्टिक सङ्कलन गर्दा पिज्जा-चिकन फ्राई पाइनेछ, अग्निमित्र पालको  अनौठो पहल
अग्निमित्रा पाल की अनूठी पहल


आसनसोल, 18 नोभेम्बर (हि.स.)। अब पुराना प्लास्टिकका बोतलहरू र अन्य प्लास्टिकका वस्तुहरू जम्मा गर्नाले कपड़ाका झोलाहरू मात्र होइन, पिज्जा र चिकन फ्राई जस्ता स्वादिष्ट पदार्थहरू पनि प्राप्त गर्न सकिन्छ। प्लास्टिक प्रदूषणलाई नियन्त्रण गर्न र मानिसहरूलाई वातावरणीय संरक्षणका बारेमा सचेत गराउन राज्यकी शहरी विकास मन्त्री अग्निमित्रा पालले बुधवार यस्तो अनौठो योजनाबारे जानकारी दिएकी छन्।

राज्यको शहरी विकास विभागले प्लास्टिक प्रदूषण नियन्त्रण गर्न तथा वातावरणीय संरक्षणमा जनताको सहभागिता बढ़ाउनका लागि केही नयाँ प्रयोगहरू गर्ने तयारी गरिरहेको छ। सरकारको उद्देश्य जागरूकता अभियानको सञ्चालनसम्म मात्र सीमित नरहेर वातावरण संरक्षणलाई मानिसहरूको दैनिक जीवनसँग जोड्नु हो। यसै श्रृङ्खलामा पुरानो प्लास्टिकका बोतल र अन्य प्लास्टिक सामग्री सङ्कलन गरेको सट्टामा आकर्षक उपहार दिने योजना बनाइरहेको छ। यस अन्तर्गत मानिसहरूलाई कपड़ाको झोला दिन सक्छ। ।

यता नयाँ पुस्ता र युवाहरूलाई यस अभियानसँग जोड्न पिज्जा अनि चिकन फ्राई जस्ता फास्ट फूड दिने विचार पनि छ। यस पहलको उद्देश्य प्लास्टिक फोहोर सङ्कलन र रिसाइक्लिङ्गलाई प्रवर्द्धन गर्नु हो।

वातावरण संरक्षणलाई आकर्षक पुरस्कारसँग जोड़ेको खण्डमा सर्वसाधारण, विशेष गरी युवाहरूको सहभागिता बढ्न सक्ने विभागको विश्वास छ। योजना लागू भएपछि प्लास्टिक फोहोर डिस्पोजल र वातावरणीय संरक्षणका लागि नयाँ पहल शुरु हुने अपेक्षा छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande