केन्द्रिय गृहमन्त्री अमित शाह 20 नोभेम्बरमा अरुणाचलको दुई दिवसीय भ्रमणमा इटानगर आउने
केन्द्रिय गृहमन्त्री अमित शाह 20 नोभेम्बरमा अरुणाचलको दुई दिवसीय भ्रमणमा इटानगर आउने


इटानगर, 18 नोभेम्बर (हि.स.)। केन्द्रिय मन्त्री अमित शाह अरुणाचल प्रदेशको दुई दिवसीय भ्रमण अन्तर्गत आगामी 20 नोभेम्बरका दिन इटानगरमा आइपुग्नेछन्। यसबीच मुख्यमन्त्री पेमा खाण्डुले आज केन्द्रिय गृहमन्त्री अमित शाहलाई स्वागत गर्नका लागि आफू निकै उत्साहित रहेको बताए। उनी 20-22 नोभेम्बरसम्म अरुणाचल प्रदेशको दुई दिवसीय भ्रमणमा आइरहेका छन्, उनले भने।

बुधवार इटानगरमा मिडियासँग कुराकानी गर्दै मुख्यमन्त्री खाण्डुले बताए, केन्द्रिय गृहमन्त्री अमित शाह अरुणाचल प्रदेशको भ्रमणमा आउनु राज्यका नागरिकहरूका लागि ठूलो अवसर हो। उनले राज्यको कानुन व्यवस्था, आन्तरिक सुरक्षा एवं विभिन्न विकास कार्यको समीक्षा गर्न बैठक गर्नेछन्।

अरुणाचल प्रदेशको दुई दिने भ्रमणका क्रममा अमित शाहले राष्ट्रका लागि योगदान दिने पुलिसका जवानहरूलाई 'गृहमन्त्री पदक'- बाट सम्मानित गर्नेछन्। यसबाहेक उनले निगम (कर्पोरेशन)-सित सम्बन्धित मुद्दाहरूमा पनि छलफल गर्नेछन्।

/ बिशाल


 rajesh pande