जोरहाट रास उत्सवको तयारी र निमातीघाटमा सुरक्षा व्यवस्थाका तयारीहरूलाई लिएर समीक्षा बैठक सम्पन्न
असमः जोरहाट आगामी रास उत्सव और निमातीघाट की सुरक्षा व्यवस्था के संबंध में तैयारियों के लिए आयोजित समीक्षा बैठक का दृश्य।


जोरहाट (असम), 18 नोभेम्बर (हि.स.)। आगामी रास उत्सव- 2026 को तयारी तथा निमातीघाटमा यात्रु फेरी सेवाको सुरक्षा व्यवस्थालाई लिएर अतिरिक्त जिल्ला आयुक्त सुल्ताना अख्तर अहमदको अध्यक्षतामा आज जोरहाट जिल्ला आयुक्त कार्यालयको सभागारमा एक महत्त्वपूर्ण समीक्षा बैठक सम्पन्न भयो। बैठकमा आगामी 23 नोभेम्बरदेखि जिल्लामा शुरू हुनगइरहेको रास उत्सवलाई सुचारू एवं शान्तिपूर्ण रूपमा मनाउनको साथै निमातीघाटको यातायात प्रणालीलाई सुरक्षित बनाउने विषयमा विस्तृत चर्चा गरियो।

बैठकमा निमातीघाटका सबै फेरी एवं यात्रु डुङ्गाहरूका लागि कड़ा सुरक्षा निर्देशहरूलाई पालना गर्नेमाथि विशेष जोड दिइयो। यसानुसार निमातीघाटको प्रत्येक फेरीमासबै प्रकारका आवश्यक सुरक्षा उपकरणहरूको उपलब्धता सुनिश्चित गर्नका साथै प्रत्येक यात्रुले यात्रा गर्दा लाइफ ज्याकेट लगाउनु अनिवार्य गरिएको छ। यसबाहेक कुनै पनि फेरी वा डुङ्गालाई निर्धारित क्षमताभन्दा बढ़ी यात्रु बोक्न नदिन सुनिश्चित गर्नको लागि कड़ाईपूर्वक निगरानी गर्न अनि आन्तरिक जल यातायात विभागलाई निर्देश दिइएको छ।

आपतकालीन सेवा र निगरानीको लागि पुलिस प्रशासन तथा जिल्ला आपदा व्यवस्थापन प्राधिकरणले नियन्त्रण कक्ष स्थापना गर्नेछ। यात्रुहरूको सुरक्षाका लागि घाट क्षेत्रमा पर्याप्त प्रकाश व्यवस्था गर्नका साथै सीसीटीभी क्यामरा जड़ान गर्ने निर्णय पनि लिइयो।

यसबीच रास पर्वका दिन कानून व्यवस्था, ट्राफिक नियन्त्रण र दर्शकको सुविधाका लागि जिल्लाका विभिन्न रास आयोजक समितिका वर्तमान पदाधिकारीहरूसँग विस्तृत योजना तयार गरियो।

बैठकमा जिल्लाका सर्कल अफिसर, अतिरिक्त पुलिस अधीक्षक, पुलिस उपाधीक्षक, सम्बन्धित विभिन्न विभागका प्रमुख तथा वरिष्ठ अधिकारीगण, जोरहाट जिल्लाका विभिन्न रास समितिका प्रतिनिधिगण तथा अन्य विभागीय अधिकारीहरू र कर्मचारीहरू उपस्थित थिए।

--------

/ बिशाल


 rajesh pande