हेलमेट नलगाउँदा जरीमाना मात्र होइन, गम्भीर कानुनी समस्याको सामना गर्नुपर्नेछः मुख्यमन्त्री
असम के मुख्यमंत्री द्वारा सोशल मीडिया पर शेयर किये गये वीडियो का चित्र


गुवाहाटी, 18 नोभेम्बर (हि.स.)। असममा ट्राफिक नियमलाई लिएर प्रशासनले निकै कड़ा कदम चालिरहेको छ। ज्ञात रहोस्, गत 13 नोभेम्बरमा भएको भयङ्कर सड़क दुर्घटनामा 26 जना मानिसहरूको मृत्यु भएपछि सरकारले यो कठोर कदम चालेको हो। मुख्यमन्त्रीको अध्यक्षतामा हालै भएको ट्राफिक सम्बन्धी बैठकमा ट्राफिकलाई लिएर 12 सूत्री एसओपी जारी गरिएको छ। यसलाई ध्यानमा राख्दै पुलिस, ट्राफिक पुलिस, एमभीआईले राज्यभरि सड़कमा निरन्तर अभियान चलाइरहेका छन्।

यसै क्रममा मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले आज भोर बिहान सोशल मिडिया फेसबुकमा एउटा पोस्ट साझा गर्दै भनेका छन्, हेलमेट नलगाउँदा जरीमाना मात्र होइन, अझ गम्भीर कानुनी समस्याको सामना गर्नु पर्नसक्छ।

मुख्यमन्त्रीले भनेका छन्, कतिपट ठाउँमा पुलिस जाँच हुन्छ भनने केही ठाउँमा एमभीआई पनि हुन्छ, त्यसैले हामीले हेलमेट लगाउने मानसिकतालाई अपनाउनु पर्छ। हेलमेट लगाउनु सबैको सुरक्षाको लागि हो।

डा. सरमाले भनेका छन्, म दोहोऱ्याउँछु, दुई चक्के वाहन वा वाहन चलाउने सबैका लागि हेलमेट लगाउनु अनिवार्य छ। साथै राज्यका जनता यो थाहा पाउँदा चकित हुनेछन् कि आजकल ट्राफिक पुलिसका अभियानहरूमा राज्यभरि नै दुई चक्के वाहन चालकहरूले हेलमेट नलगाएको तथ्याङ्क साँच्चै नै चिन्ताजनक छ। म पुनः दोहोऱ्याउँछु, हालैको एक रिपोर्टमा उल्लेख गरिएको छ कि दुई-चक्के दुर्घटनामा मारिएका व्यक्तिहरूमध्ये 60.1 प्रतिशत हेलमेट नलगाएका सवारहरू सामेल छन्।

मुख्यमन्त्रीले भनेका छन्, 'मैले वाहन कानून लागू गर्ने निकायहरूलाई कड़ा निर्देशन दिएको छु कि यदि कुनै व्यक्तिले दुई पाङ्ग्रे सवारी चलाउँदा हेलमेट नलगाएको पाइए पहिलेभन्दा कड़ा कदम उठाइयोस् । यदि यो उल्लङ्घनको गम्भीरता अधिक भयो भने लाइसेन्स रद्द गर्ने वा पञ्जीकरण रद्द गर्ने जस्ता कारबाहीहरू गरियोस्। अलिकति रोमाञ्च वा एड्रेनालाईनको खोजीमा दुई-चक्के वा अन्य वाहन चलाउने कसैले पनि कानून तोड्ने छैन। यो कार्य शुरुवात मात्र हो, आम जनताको सुरक्षाका लागि हाम्रो कार्य जारी रहनेछ भने म व्यक्तिगत रूपमा सबैको निरीक्षण गर्ने जारी राख्नेछु।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande