गोलाघाट सिभिल अस्पताल परिसरमा महिलाको सड़िसकेको शव भेटियो
Image Related to the Decomposed Body of Unidentified Woman Recovery in Golaghat Hospital Premises.


गोलाघाट (असम), 18 नोभेम्बर (हि.स.)। असमको गोलाघाटमा एकजना अज्ञात महिलाको सड़िसकेको शव फेला परेपछि त्यस क्षेत्रमा खैलाबैला मच्चिएको छ। उक्त शव कुशल कोँवर सिभिल अस्पताल परिसरमा अवस्थित शौचालयको ट्याङ्कीमाथि थियो।

आज प्राप्त जानकारी अनुसार महिलाको शरीर आंशिक रूपमा सड़ेको थियो। अहिलेसम्म मृतकको पहिचान हुन सकेको छैन। अस्पताल परिसरमा शव फेला परेको घटनाले धेरैवटा प्रश्नहरू खड़ा गरेको छ।

सूचना पाएपछि पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर मामिलाको अनुसन्धान शुरु गरेको छ। पुलिसले मृतकाको पहिचान खोलाउनको साथै उसको मृत्यु भएको परिस्थिति र शव अस्पताल परिसरमा कसरी पुग्यो, आदि सम्बन्धमा पत्तो लगाउने प्रयास गरिरहेको छ।

यो घटना अहिले यस क्षेत्रमा चर्चाको विषय बनेको छ। यस मामिलासँग सम्बन्धित अन्य तथ्यहरूको पुलिसको अनुसन्धानपछि मात्र खुलासा हुनेछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande