कलेज स्ट्रिटमा पुस्तकहरूलाई लिएर एसएफआई र एबीवीपीमाझ झड़प
कॉलेज स्ट्रीट में तनाव


कोलकाता, 18 नोभेम्बर (हि.स.)। कलकत्ता विश्वविद्यालय अगाडि कलेज स्ट्रिटमा पुस्तकहरूको बिक्रीलाई लिएर वामपन्थी विद्यार्थी सङ्गठन स्टुडेन्ट फेडेरेशन अफ इण्डिया (एसएफआई) र राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) सम्बद्ध अखिल भारतीय विद्यार्थी परिषद (एबीवीपी)-माझ ठूलो तनाउ र झड़प भएको देख्न पाइयो। एकातिर एसएफआईका स्टलहरूमा 'रक्तकरबी', जगदीश चन्द्र बोस र शिबराम चक्रवर्तीका पुस्तकहरू थिए भने अर्कोतिर एबीवीपीले आरएसएसका माधव सदाशिवराव गोलवलकर र डा. केशव बलिराम हेडगेवारका पुस्तकहरूलाई लिएर मोर्चा सम्हाल्यो।

कलकत्ता विश्वविद्यालय सामु कलेज स्ट्रिट क्षेत्रमा बुधवार बिहानदेखिकै माहोल गर्मियो। एसएफआईले आफ्नो पूर्व-निर्धारित स्थानबाट केही टाढ़ा एउटा नयाँ अस्थायी पुस्तक स्टल राख्यो। स्टलमा वरिष्ठ माकपा नेता बिमान बोस पनि उपस्थित हुने अपेक्षा गरिएको थियो। यद्यपि नयाँ स्टलको लागि पुलिसको अनुमति प्राप्त भएको थियो कि थिएन भन्ने कुरा स्पष्ट भएन, तर त्यस क्षेत्रमा भारी पुलिस बललाई तैनाथ गरिएको थियो।

यसबीच बिहान 11 बजीदेखि एबीवीपीका सदस्यहरूले माग गर्न थाले, यदि एसएफआईले स्टल राख्न सक्यो भने उनीहरू पनि सड़कमा बसेर पुस्तक बेच्नेछन्। 11:15 बजेपछि एबीवीपीका सदस्यहरूले विश्वविद्यालयभित्रबाट टेबल र बेञ्च ल्याएर बाहिर सड़कमा राख्न थाले। उनीहरूको हातमा 'गुरु गोलवलकर', 'डाक्टर हेडगेवार' र 'नारीः कल, आज और कल' जस्ता साना पुस्तकहरू थिए। यसको साथै उनीहरूले विद्यार्थी-युवा ऱ्यालीको एउटा ब्यानर पनि लगाए।

एबीवीपीको कोलकाता शहर एकाईका नेता स्वाधीन हलदरलाई पुलिसको अनुमति बारेमा प्रश्न गर्दा उनले भने, बातचित भइरहेको छ। तर यदि एसएफआईले यहाँ पुस्तक बेच्न सक्छ भने उनीहरूले पनि बेच्नेछन्। त्यसको लगत्तै एसएफआईविरुद्ध नाराबाजी शुरु भयो जसमा एबीवीपीका सदस्यहरूले कथित रूपमा एसएफआईको स्टलमा तोड़फोड़ गर्ने प्रयास गरे।

स्वाधीन हलदरले दाबी गरे, एसएफआईले बेचिरहेको इतिहास र पुस्तकहरूमाथि कड़ा आपत्ति छ। हामी अराजकता फैलाउनेहरूलाई नष्ट पार्नेछौँ। उनले एसएफआईलाई पुलिसबाट प्राप्त अनुमति देखाउन माग गरे। एबीवीपीले पनि पुस्तकहरू बेच्नका लागि पुलिससँग अनुमति मागेको र पुलिसलाई यसबारे सूचित गरिएको दाबी गरेको छ।

बुधवार बिहान पुलिसले गार्ड रेल (ब्यारिकेड) लगाएर एसएफआईको पुस्तक पसललाई सुरक्षा दिने प्रयास गऱ्यो। तर दिउँसोसम्ममा एबीवीपीका सदस्यहरूले कथित रूपमा ब्यारिकेड हटाएर आक्रमण गर्ने प्रयास गरे। उनीहरूले राष्ट्रविरोधी विचारधाराको प्रदर्शन हुन नदिने दाबी गरे।

अर्कातिर एसएफआईका सदस्यहरू आफ्नो स्टलभित्र राष्ट्रिय झण्डा लिएर बसेका थिए। पुलिस कर्मीहरूले दुई समूहबीच ढाल भएर स्थितिलाई नियन्त्रण गर्ने प्रयास गरे। एसएफआईका सदस्यहरूले लगाए, गए मङ्गलवार पुलिसको अनुमति हुँदाहुँदै पनि उनीहरूलाई स्टल राख्ने अनुमति दिएको थिएन र उनीहरूका सदस्यहरूलाई पक्राउ गरिएको थियो । उनीहरूले प्रश्न उठाए, अब आज बुधवार हल्ला र तोड़फोड़ गर्ने प्रयास गरिरहेका एबीवीपीका सदस्यहरूलाई पुलिसले किन पक्राउ गरिरहेको छैन?

यस भिड़न्तको कारणले कलेज स्ट्रिट क्षेत्रमा स्थिति निकै तनाउपूर्ण भएको छ भने ठूलो सङ्ख्यामा पुलिस बललाई तैनाथ गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande