विगत दुई वर्षमा जम्मू-कश्मीरमा स्थानीय उग्रवादी भर्ती लगभग शून्यः डीजीपी
विगत दुई वर्षमा जम्मू-कश्मीरमा स्थानीय उग्रवादी भर्ती लगभग शून्यः डीजीपी


जम्मू, 18 नोभेम्बर (हि.स.)। जम्मू कश्मीरका पुलिस महानिर्देशक (डीजीपी) नलिन प्रभातले बुधवार घोषणा गरे, कुलगाम जिल्लामा भएको भिड़न्तमा लस्कर-ए-तैयबा (एलईटी) का कमाण्डर लतिफ भटअन्तिम सक्रिय स्थानीय आतङ्कवादी मारिएपछि यस केन्द्रशासित प्रदेशमा स्थानीय आतङ्कवादी भर्ती विगत दुई वर्षमा लगभग शून्य मा झरेको छ।

डीजीपी प्रभातले खुलासा गरे, विगत दुई वर्षमा केवल दुई जना कश्मीरी युवाहरू लश्कर-ए-तैयबा (एलईटी) मा सामेल भएका थिए। उमर निसारलाई दुई दिनअघि कुलगाममा मारिएको थियो भने अन्तिम सक्रिय स्थानीय आतङ्कवादी लतिफ भट आज कुलगाममा मारिएका छन्। आतङ्कको पूर्वाधारलाई ध्वस्त पार्नको लागि थालिएको व्यापक अभियानलाई प्रकाश पार्दै डीजीपीले भने, गैरकानुनी गतिविधि (रोकथाम) अधिनियम (यूएपीए) अन्तर्गत समन्वित कारबाहीले आतङ्क समर्थन नेटवर्कलाई गम्भीर रूपमा पङ्गु बनाइदिएको छ। हामी विगत 35 वर्षदेखि पाकिस्तानद्वारा प्रायोजित आतङ्कवादसँग लडिरहेका छौँ।

गैरकानुनी गतिविधि (रोकथाम) अधिनियम (यूएपीए) अन्तर्गत वर्ष 2025- मा 240 र यस वर्ष अहिलेसम्ममा 210 जनालाई पक्राउ गरिसकिएको छ भने वर्ष 2025 र यस वर्ष आतङ्कवादीसँग सम्बन्धित 155 सम्पत्ति कुर्की गरिसकिएको उनले बताए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande