दिल्ली मेट्रोले 22 नोभेम्बरसम्म बिहान 5:15 बजी आफ्नो सेवा शुरु गर्ने
डीएमआरसी का (लोगो)


नयाँ दिल्ली, 18 नोभेम्बर (हि.स.)। दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी) ले 18 देखि 22 नोभेम्बरसम्म आनन्द विहार र नयाँ दिल्लीबाट आफ्नो यात्री सेवा बिहान चाँड़ै शुरू गर्ने भएको छ। यसबाट छठ पूजा मनाएर दिल्ली फर्कने र शहरका प्रमुख रेलवे स्टेशनहरूमा उत्रिने रेल यात्रुहरूको आवागमनलाई सहज बनाउनेछ। सो जानकारी आज डीएमआरसीद्वारा साझा गरिएको हो।

डीएमआरसी अनुसार आनन्द विहार मेट्रो स्टेशनको ब्लू तथा पिङ्क लाइन र नयाँ दिल्ली मेट्रो स्टेशनको यल्लो लाइनको मेट्रो सेवा बिहान 5:15- देखि उपलब्ध हुनेछ। यसबाहेक राजीव चौक र कश्मीरीगेट जस्ता प्रमुख इन्टरजेञ्ज स्टेशनहरूमा अतिरिक्त ट्रेनहरू सञ्चालन गरिनेछ ताकि अन्य लाइनहरू (जस्तै रेड, ग्रीन र भोयलेट लाइनहरू)-सम्म यात्रुहरूको आवागमई बाधामुक्त हुन सकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande