जलपाइगढी मेडिकल कलेजमा रगत परिवर्तन प्रकरणः बिरामीको मृत्यु, तीन सदस्यीय जाँच समिति गठित
जलपाईगुड़ी मेडिकल कॉलेज


जलपाइगढी, 18 नोभेम्बर (हि.स.)। जलपाइगढी सुपर स्पेशियलिटी अस्पतालमा गलत ब्लड ग्रुपको रगत लगाएको आरोपपछि उपचाराधिन एकजना बिरामीको मृत्यु भएको छ। मृतकको पहिचान कचुआ-बोआलमारीका बासिन्दा बीरेन्द्रनाथ शर्माको रूपमा भएको छ। घटनापछि स्वास्थ्य विभागमा खैलाबैला मच्चिएको छ। स्वास्थ्यमन्त्रीको निर्देशमा तीन सदस्यीय जाँच समिति गठन गरिएको छ। साथै ड्यूटीमा रहेका कर्मचारीहरूलाई कारण बताऊ नोटिस पनि जारी गरिएको छ। शव बुधवार दिउँसो परिवारलाई हस्तान्तरण गरिएयो।

अस्पताल सूत्र अनुसार श्वास-प्रश्वासमा समस्या भएको कारणले बीरेन्द्रनाथ शर्मालाई गत शुक्रवार अस्पतालमा भर्ना गरिएको थियो। उनको ब्लड ग्रुप एबी पोजिटिभ थियो। शनिवार उनलाई रगतको दोस्रो यूनिट लगाउँदा भूलवश ए पोजिटिभ समूहको रगत लगाएको आरोप लगाइएको छ। सोही वार्डमा भर्ना भएका अर्का बिरामी बुलिन रायलाई पनि गलत रक्त समूहको रगत दिइएको आरोप लगाइएको छ। तथापि उनको अवस्था स्थिर रहेको बताइएको छ।

रगत दिएपछि बीरेन्द्रनाथ शर्माको स्वास्थ्य बिग्रन थाल्यो, त्यसपछि उनलाई डायलिसिसमा राखियो। मङ्गलवार राती उनको अवस्था झन् गम्भीर हुन थालेपछि उनलाई थप रगतको आवश्यकता पऱ्यो। यस अवधि भाजपाका जिल्ला उपाध्यक्ष बुबाई करले एबी पोजिटिभ रगत दान गरे। तर सबै प्रयास गरिएको भए पनि बुधवार बिहान हृदयघातका कारण बिरामीको मृत्यु भयो। अहिलेसम्म मृतकको परिवारले लिखित उजुरी दिएका छैनन्।

अर्कातिर अस्पताल व्यवस्थापनले बिरामीको दुवै मृगौला पहिलाबाटै बिग्रिएको बताएको छ। यसबाहेक एनीमिया र अन्य गम्भीर शारीरिक जटिलताहरूका कारण उनको अवस्था मल्टी अर्गेन फेल्युर (बहु-अङ्ग विफलता)- मा पुगेको थियो।

तथापि गलत ब्लड ग्रुपको रगत लगाएको आरोपलाई गम्भीर रूपमा लिँदै स्वास्थ्यमन्त्रीको निर्देशमा तीन सदस्यीय जाँच समिति गठन गरिएको छ। साथै घटना हुँदा ड्युटीमा रहेका कर्मचारीहरूलाई कारण बताऊ नोटिस पठाइएको छ।

भाजपाका जिल्ला उपाध्यक्ष बुबाई करले भने, कुनै पनि प्रकारको लापरवाहीलाई स्वीकार्य गरिनेछैन। स्वास्थ्यमन्त्रीको निर्देशमा यस मामिलामा कारबाही शुरु भइसकेको छ र पार्टी पीड़ित परिवारको पक्षमा उभिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande