
कोलकाता, 18 नोभेम्बर (हि.स.)। महानगर कोलकाताको कालीघाट मेट्रो स्टेशन नजिकै रहेको एउटा प्रख्यात ढाबामा बुधवार बिहान आगलागी भयो। घटनाको सूचना पाउनसाथ फायर ब्रिगेडका वाहनहरू आगो निभाउन घटनास्थलमा पुगे। एक घण्टाको प्रयासपछि आगोलाई नियन्त्रित गरियो।
स्थानीय सूत्र अनुसार बुधवार बिहान ढाबाबाट आगो र धुवाँ निस्किएको देखेर वरपरका मानिसहरूले आगो निभाउने प्रयास गरे। त्यसपछि बिहान 8ः30 बजे अग्निशमन विभागलाई घटनाबारे जानकारी दिइयो। सूचना पाएपछि दमकलका केही वाहनहरूलाई घटनास्थलमा पठाइयो। दमकलकर्मीहरू केही प्रयासपछि आगो निभाउन सफल भए।
तथापि आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन। घटनामा कोही घाइते भएको खबर छैन। पुलिसले आगलागीको कारण र क्षतिबारे अनुसन्धान गरिरहेको छ।
विगत केही हप्तादेखि कोलकाताका विभिन्न भागमा आगलागीका धेरैवटा घटनाहरू दर्ता भइसकेका छन्। यसै महिनाको शुरुमा महाकरणको पछाडि रहेको बहुतले भवनमा आगलागी भएको थियो। भवनमा कम्पनीको कार्यालय थियो। माथिल्लो तलाबाट धुवाँ निस्किएको देखेर स्थानीयहरूले पुलिस र दमकल विभागलाई जानकारी दिएका थिए।
केही दिनअघि साउथ सिटी आवासीय परिसरको तेस्रो टावरको 28 औं तलाको फ्ल्याटमा पनि आगलागी भएको थियो। यी बारम्बारका घटनाहरूले षहरमा अग्नि सुरक्षालाई लिएर चिन्ता बढाएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा