
कुचबिहार, 18 नोभेम्बर (हि.स.)। जिल्लाको दिनहाटास्थित बडा शीतलबारी मन्दिर नजिकैको गोदाममा आगलागी हुँदा त्यस क्षेत्रमा आतङ्क फैलियो। बुधवार भोर बिहान 2ः30 बजेतिर मन्दिरमुनि रहेको गोदाममा अचानक आगलागी भयो। घटनाको खबर पाउनसाथ दिनहाटा फायर स्टेशनबाट तीन वटा इञ्जिन घटनास्थलमा पुगे। आगलागीको भयावहतालाई ध्यानमा राख्दै कुचबिहारबाट पनि थप फायर इञ्जिनहरूलाई घटनास्थलमा बोलाइयो।
दमकलकर्मीहरू केही प्रयासपछि आगो निभाउन सफल भए। जानकारी अनुसार गोदाममा दैनिक आवश्यकताका केही वस्तुहरू राखिएको थियो। त्यहाँ ज्वलनशील सामग्री रहेको कारणले दमकलकर्मीहरूलाई आगो निभाउन धेरै कठिनाइको सामना गर्नुपऱ्यो। आगलागीको वास्तविक कारण अहिलेसम्म थाहा हुन सकेको छैन। घटनाको अनुसन्धान भइरहेको छ।
/ बिशाल