
सिलगढ़ी, १८ नोभेम्बर (हि.स.)। भारत-नेपाल सीमासँग जोड़िएको नक्सलबाड़ीको बेङ्गाइजोत क्षेत्रमा पुलिसले २९ ग्राम ब्राउन शुगर र १५ बोतल प्रतिबन्धित कफ सिरप सहित एक जना आरोपीलाई पक्राउ गरेको छ। पक्रा परेको आरोपीको पहिचान नक्सलबाड़ीको लालजीजोत निवासी स्वपन बर्मनका रूपमा भएको छ।
प्राप्त जानकारी अनुसार, मंगलवार अबेर राति नक्सलबाड़ीको बेङ्गाइजोत क्षेत्रमा ३२७ नम्बर राष्ट्रिय राजमार्गमा लागुऔषधको खरिद-बिक्रीका लागि लेनदेन गर्ने योजना बनाइँदै थियो। यसै क्रममा गोप्य सूचनाका आधारमा नक्सलबाड़ी थानाको पुलिस टोलीले उक्त क्षेत्रमा अभियान सञ्चालन गर्यो।
पुलिसले शङ्काका आधारमा एक व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। उसको जवाफमा असङ्गति देखिएपछि पुलिसले खानतलासी लियो। यस क्रममा उदेखि २९ ग्राम ब्राउन शुगर र १५ बोतल प्रतिबन्धित कफ सिरप जफत भएको छ। बुधवार आरोपीलाई सिलगढ़ी अदालतमा पेश गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी