मुख्यमन्त्रीले राष्ट्रिय जुनियर ब्याडमिन्टन च्याम्पियनसिपका खेलाडीहरूसँग अन्तरक्रिया गरे
मुख्यमन्त्रीले राष्ट्रिय जुनियर ब्याडमिन्टन च्याम्पियनसिपका खेलाडीहरूसँग अन्तरक्रिया गरे


गान्तोक, १८ नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले बुधवार बिहान मिन्तोकगाङस्थित आफ्नो सरकारी निवासमा ४९औँ योनेक्स-सनराइज अन्तरराज्यीय तथा अन्तरक्षेत्रीय जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी विभिन्न राज्यका युवा ब्याडमिन्टन खेलाडी तथा उनीहरूका प्रशिक्षकहरूसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन्।

उनले सामाजिक सञ्जाल पोस्टमा यी युवा प्रतिभाहरूसँग अन्तरक्रिया गर्न पाउँदा र उनीहरूको उत्साह, अनुशासन तथा खेलप्रतिको लगावलाई नजिकबाट देख्न पाउँदा आफूलाई खुशी लागेको बताएका छन्। उनले खेलाडीहरूको समर्पण वास्तवमै प्रेरणादायी रहेको पनि उल्लेख गरेका छन्।

मुख्यमन्त्रीले च्याम्पियनसिपमा सहभागी सबै खेलाडीहरूलाई प्रतियोगिताका लागि शुभकामना दिँदै उनीहरूको उज्ज्वल तथा सफल भविष्यको कामना गरेका छन्। खेलाडीहरूले आगामी दिनमा पनि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आफ्ना परिवार, प्रशिक्षक तथा सम्बन्धित राज्यको गौरव बढाइरहून् भन्ने उनले कामना गरेका छन्।

उल्लेखनीय छ, यहॉंको पाल्जोर स्टेडियममा ४९औँ योनेक्स-सनराइज अन्तरराज्यीय तथा अन्तरक्षेत्रीय जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप 2026 जारी रहेको छ। यस प्रतियोगिताको समापन आगामी 21 नोभेम्बरका दिन हुनेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande