मुख्यमन्त्री तामाङद्वारा पूर्व विधायक केबी राईप्रति श्रद्धाञ्जली अर्पण
मुख्यमन्त्री तामाङद्वारा पूर्व विधायक केबी राईप्रति श्रद्धाञ्जली अर्पण


गान्तोक, १८ नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले छुजाचेन निर्वाचन क्षेत्रका पूर्व विधायक स्वर्गीय केबी राईप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

मुख्यमन्त्री तामाङले आज रंगेली पुगेर स्वर्गीय राईको आत्माको चिरशान्तिको कामना गर्दै प्रार्थना गरे। यस दुःखद घडीमा उनले शोकसन्तप्त परिवार तथा आफन्तजनसँग भेट गरी गहिरो समवेदना व्यक्त गरे।

मुख्यमन्त्रीले स्वर्गीय राईको निधनले परिवारजनले भोग्नुपरेको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै यस कठिन समयमा आफ्नो विचार र प्रार्थना शोकाकुल परिवारसँगै रहेको बताएका छन्। उनले दिवङ्गत आत्माले चिरशान्ति प्राप्त गरून् भन्ने कामनासमेत गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande