
कोलकाता, 18 नोभेम्बर (हि.स.)। कोलकाताको रासबिहारी क्षेत्रमा बुधवार बिहान एउटा रेस्टुरेन्टमा आगलागी हुँदा आतङ्क फैलियो। आगो चायग्राम क्यान्टिन नामक रेस्टुरेन्टमा लागेको हो। बिहान लगभग 8 बजे रेस्टुरेन्टबाट कालो धुवाँ निस्किएको देखेर स्थानीय तथा छेउछाउका पसल मालिकहरूले आगो निभाउने प्रयास गरे। सूचना पाएर घटनास्थलमा आइपुगेका दमकल वाहनहरूले आगोलाई नियन्त्रित गरे।
प्राप्त जानकारी अनुसार बिहान 8 बजेतिर रेस्टुरेन्टबाट अचानक कालो धुवाँ निस्कन थाल्यो। त्यस समय पसलको शटर बन्द थियो। धुवाँ देखेर नजिकैका पसल मालिकहरूले शटर खोल्ने प्रयास गरे। साथै तुरुन्तै दमकल विभागलाई पनि सूचित गरे। अग्निशमन कर्मचारीहरू लेघटनास्थलमा पुगेर शटर काटे अनि भित्तोर पसेर आगो निभाए।
आगलागीमा रेस्टुरेन्टभित्र चिमनीको भाग पूर्ण रूपमा जलेर नष्ट भयो। थियो। भित्र आगो सल्किरहेको आशङ्कालई ध्यानमा राखेर दमकलकर्मीहरूले जाँच गरिरहेका छ्। प्रारम्भिक जानकारी अनुसार घटना घट्दा रेस्टुरेन्टभित्र कोही पनि उपस्थित थिएनन्। आगलागीको वास्तविक कारण अहिलेसम्म थाहा हुन सकेको छैन। रेस्टुरेन्टमा धेरैवटा ग्यास सिलिण्डर राखिएको थियो। आगोले एउटा सिलिण्डरको बाहिरी भागलाई आंशिक रूपमा क्षति पुऱ्याएको भए पनि त्यसमा आगो भने सल्किएन।
स्थानीय मानिसहरूको भनाइ छ, ग्यास सिलिण्डरसम्म आगो सल्केको भए ठूलो दुर्घटना हुन सक्थ्यो । वरपरका केही पसलहरू भएका कारण आगो फैलिनाले व्यापक क्षति हुनसक्ने आशङ्का थियो। तथापि दमकलकर्मीहरूको तत्काल कारबाहीले समयमै आगो नियन्त्रण गर्न सकियो।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा