
-यो जागरूकता अभियान वर्षभरि चल्नेछ
कोलकाता, 18 नोभेम्बर (हि.स.)। सवारी साधनको अनावश्यक हर्न बजाउँदा हुने ध्वनि प्रदूषणलाई नियन्त्रण गर्ने तथा जिम्मेवार सड़क व्यवहारलाई प्रेरित गर्ने उद्देश्यले बुधवार कोलकाताको कलामन्दिरामा वर्षव्यापी जनचेतनामूलक अभियान 'स्टप हर्नकिङ्ग : लेस' नोइज, मोर लाइफ' शुरु गरियो। पब्लिक रिलेशन्स सोसाइटी अफ इण्डिया (पीआरएसआई)- ले इन्फिनिटी ग्रुप एवं इण्डियन इन्स्टिट्यूट अफ टेक्नोलोजी (आईआईटी) खड़गपुरको सहकार्यमा शुरु गरेको यो जागरूकता अभियान वर्षभरि नै सञ्चालन हुनेछ।
उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा प्रख्यात तबला वादक पण्डित तन्मय बोस, इन्फिनिटी ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक रवीन्द्र चमरिया, पीआरएसआईका अध्यक्ष सौम्यजीत महापात्रा तथा उपाध्यक्ष अनिन्द्य दास उपस्थित थिए।
कार्यक्रमको शुभारम्भ जीडी बिरला स्कूलका विद्यार्थिनीहरूद्वारा लिखित एवं सङ्गीतबद्ध सामूहिक गीतबाट भयो। सो अवसरमा बोल्दै पीआरएसआईका अध्यक्ष सौम्यजीत महापात्रले भने, सामाजिक सञ्जालको माध्यमबाट 'स्टप हर्नकिङ्ग लेस नोइज, मोर लाइफ' अभियानको विचार अहिलेसम्ममा 42 लाख मानिसहरूसम्म पुगिसकेको छ। उनले अभियानमा सहयोग गरेकोमा उपस्थित विद्यार्थी र विद्यालयका शिक्षकहरूप्रति कृतज्ञता व्यक्त गरे। उनले आगामी वर्षको दिसम्बरसम्ममा 60,000 जना मानिसहरूलाई यस अभियानसँग जोड्ने लक्ष्य पनि राखे।
अनिन्द्य दास, उपाध्यक्ष, पीआरएसआईले आफ्नो सम्बोधनमा विकसित भारतको अवधारणाको उल्लेख गरे। इन्फिनिटी ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक रवीन्द्र चमरियाले कोभिडपछि कोलकातामा बढ्दो सवारी साधन र ध्वनि प्रदूषणको समस्यामाथि ध्यानाकर्षण गराए। शहरको सड़कहरूमा सवारी साधनको सङ्ख्या बढ्नका साथै हर्नको प्रयोग पनि बढ़ेको छ जसले गर्दा ध्वनि प्रदूषण बढ़ेको उनले दाबी गरे। उनले भावी नागरिकहरूलाई यस अभियानमा सक्रिय रूपमा सहभागी हुने अपील गरे।
प्रख्यात तबला वादक पण्डित तन्मय बोसले पनि आफ्नो सम्बोधनमा विद्यार्थीहरूसँग केही अन्तरङ्ग क्षणहरू साझा गरे। यसपछि विद्यालय र कलेजका शिक्षकहरूलाई सम्मान गर्दै उद्घाटन समारोहको प्रारम्भिक सत्र सम्पन्न भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा