
जम्मू, 18 नोभेम्बर (हि.स.)। कुलगाममा सुरक्षा बलहरूको अभियानमा आतङ्ककारी मारिएको तथा यसबाट सुरक्षा बलहरूलाई प्राप्त सफलतामा डोगरा फ्रन्ट शिवसेनाका कार्यकर्ताहरूले जम्मूमा उत्सव मनाए। कार्यकर्ताहरूले उनीहरूको कार्यको प्रशंसा गर्दै सुरक्षा बलको समर्थनमा नारा लगाए। आतङ्कवाद विरुद्धको लडाइँमा सुरक्षा बलहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको सङ्गठनले बताएको छ। डोगरा फ्रन्ट शिवसेनाका कार्यकर्ताहरूले उक्त अभियानलाई सुरक्षा बलको ठूलो सफलता बताउँदै भने, आतङ्कवादविरुद्ध कड़ा कारबाही जारी रहनुपर्छ। कार्यकर्ताहरूले भारतीय सेना र अन्य सुरक्षा निकायहरूप्रति आफ्नो समर्थन व्यक्त गरे।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा