दुई बाइकको भिड़न्तपछि ट्रेलरको चपेटमा परी दुई युवकको मृत्यु
हादसे के बाद मौके पर क्षतिग्रस्त बाइक


मृतक चंदन की फाइल फोटो


मृतक सोनू की फाइल फोटो


जौनपुर, 17 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको जौनपुर जिल्लामा चन्दवक पुलिस थाना अन्तर्गत खुज्झी गाउँ निकट गए मङ्गलवार अबेर राती दुई वटा बाइकको भिड़न्तपछि ट्रेलरले चपेटमा परी दुई जना युवकको घटनास्थलमै मृत्यु भयो। मृतकद्वयको पहिचान थुन्ही गाउँ निवासी राजकुमारका छोरा चन्दन मौर्य (22) र जयकिशनका छोरा सोनु मौर्य (24)- का रूपमा भएको छ।

यी दुई युवकले मुम्बईमा बसेर काम गर्थे भने छठ पूजाका लागि घरमा आएका थिए। मङ्गलवार राती काम विशेषले चन्दवक बजार गएका थिए। उनीहरू बाइकमा आफ्नो गाउँ फर्किरहेका थिए। खुज्जी गाउँ नजिक आइपुग्दा दुई वटा बाइक आपस्तमा ठोक्किए। ठक्करपछि बाइक सवारहरू सड़कमा लड़े यसै अवधि उक्त मार्ग भएर गुज्रिरहेको ट्रेलरको चपेटामा परी दुवैको घटनास्थलमै मृत्यु भयो।

घटनापछि घटनास्थलमा कोकोहोलो मच्चियो। सूचना पाएपछि पुलिस घटनास्थलमा पुग्यो अनि दुवैको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो। यता घटनाबारे जानकारी पाउनसाथ परिवारमा शोक दोड़ियो।

क्षेत्र अधिकार केराकत गिरेन्द्र कुमारले बुधवार बिहानबताए, ट्रेलरको चपेटमा परेर यो दुर्घटना भएको हो। परिवारलाई जानकारी गराइएको छ। दुर्घटनामा संलग्न वाहन क पहिचान गर्न वरपरका सीसीटीभी फुटेजको जाँच गरिँदैछ। परिवारबाट रिपोर्ट प्राप्त भएको छ। पुलिसले आवश्यक कानुनी कारबाही गरिरहेको छ। क्षेत्रमा शान्ति कायम छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande