चक्रवात 'अकवान'- को प्रभावले बङ्गालमा पानी पर्नसक्छ, आज मौसम शुष्क रहनेछ
पश्चिम बंगाल में आज का मौसम


कोलकाता, 18 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालमा बुधवार मौसम मुख्यतया शुष्क रहने अनुमान गरिएको छ। तर आकाशमा आंशिक रूपमा बादल रहनेछ। यसैबीच बङ्गालको खाड़ीमा विकसित चक्रवाती आँधी 'अकवान'- को प्रभावले राज्यका दक्षिणी तथा तटीय जिल्लाहरूमा आगामी दिनमा वर्षा हुने सम्भावना व्यक्त छ। मौसममा आएको यस परिवर्तनले तापमान र आद्रताको स्तरमा पनि परिवर्तन ल्याउन सक्छ।

मौसम विभागबाट प्राप्त पूर्वानुमान अनुसार बङ्गालको खाडीको दक्षिण-मध्य र पश्चिम-मध्य भागमा विकसित गहिरो दबाव चक्रवाती आँधी 'अकवान'- मा परिणत भएको छ। यो उत्तर-पश्चिम दिशातिर अघि बढिरहेको छ। यो नोभेम्बर 20 सम्ममा आन्ध्र प्रदेशको तटमा नेल्लोर र टुनीको बीचमा पुग्ने सम्भावना छ। तथापि यो आँधी पश्चिम बङ्गालको तटमा सोझै ठोक्किने आशङ्का नभए पनि यसको प्रभावले आद्रतापूर्ण हावा राज्यमा प्रवेश गर्न सक्छ।

बुधवार कोलकाता सहित दक्षिण बङ्गालका जिल्लाहरूमा आंशिक बादल रहने अनुमान गरिएको छ। कोलकातामा अधिकतम तापमान 28-29 डिग्री सेल्सियस र न्यूनतम 20-22 डिग्री सेल्सियस वरपर रहने सम्भावना छ। आद्रताको स्तर 60-77 प्रतिशत बीचमा रहने सम्भावना छ। हाल वर्षा हुने सम्भावना न्यून छ।

दार्जीलिङ, जलपाईगुडी र मालदा सहित उत्तर बङ्गालका बाँकी जिल्लाहरूमा मौसम मुख्यतया सफा र सुख्खा रहनसक्छ। बिहान केही क्षेत्रमा हल्का कुहिरो लाग्ने सम्भावना छ। तापक्रम घटेको कारणले बिहान-बेलुकी हल्का चिसो महसूस हुनसक्छ।

अर्कोतर्फ चक्रवात 'अकवान'- को अप्रत्यक्ष प्रभावमा नोभेम्बर 19- देखि 21 को बीचमा दक्षिण बङ्गालका धेरैवटा जिल्लाहरूमा मौसम परिवर्तन हुन सक्छ। कोलकाता, हावडा, हुगली, उत्तर 24 परगना, दक्षिण 24 परगना, पूर्व मेदिनीपुर र पश्चिम मेदिनीपुरमा वर्षा अनि मेघ गर्जनसितै वर्षा हुने अनुमान गरिएको छ। केही क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

माछा मार्नेहरूलाई समुद्रको अवस्थाबारे सचेत रहन पनि सल्लाह दिइएको छ। बङ्गाल र ओडिशाको तटमा अनि बाहिर समुद्री अवस्था खराब हुने सम्भावना छ। त्यसैले माछा मार्नेहरूलाई समुद्रमा नजान सल्लाह दिइएको छ।

बुधवार राज्यमा मौसम सामान्य रहने सम्भावना छ भने दक्षिण बङ्गालको मौसम आगामी दुईदेखि तीन दिनमा चक्रवाती आँधीको प्रभावले गर्दा परिवर्तन हुन सक्छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande