
नयाँ दिल्ली, २० नोभेम्बर (हि.स.)। तेलंगानामा ४०.९६ करोड़ रुपियाँ बराबरको सरकारी धान हिनामिनासँग सम्बन्धित धन शोधन मामिलामा प्रवर्तन निदेशालय (ईडी) ले खानापुरकी पूर्व विधायक अजमेरा रेखा नायकसँग सम्बन्धित फर्म एआरएस इन्डस्ट्रिज तथा आवासीय परिसरहरूमा छापा मारेको छ। शुक्रवारदेखि शुरु भएको यस कारबाहीका क्रममा अहिलेसम्म ३० लाख रुपियाँ बराबरको बेहिसाबी नगद र आपत्तिजनक कागजातहरू जफत गरिएको छ। निर्मल जिल्लामा तलासी अभियान जारी रहेको छ।
ईडी अनुसार, तेलंगाना पुलिसले गत १९ अगस्तमा यस मामिलामा खानापुर थानामा प्राथमिकी दर्ता गरेको थियो। यसमा अजमेरा रेखाविरुद्ध भारतीय न्याय संहिता, २०२३ को धारा ३१६(२), ३१६(५) र ३१८(४) तथा आवश्यक वस्तु ऐन, १९५५ को धारा ७ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
ईडीले बताए अनुसार, प्राथमिकीमा उल्लेख भएअनुसार रेखा नायक एआरएस इन्डस्ट्रिजकी स्वामिनी हुन्। उनीमाथि जानाजानी सरकारी धानको भण्डार हिनामिना गरी सरकारलाई ४०,९६,९६,८३४ रुपियाँको नोक्सानी पुर्याएको आरोप छ। यही प्राथमिकीका आधारमा ईडीले सम्पत्ति शुद्धीकरण निवारण ऐन (पीएमएलए), २००२ अन्तर्गत मुद्दा दर्ता गरेको छ।
ईडी अनुसार, सम्बन्धित फर्मले सम्झौता अनुसार, कस्टम मिल्ड राइस (सीएमआर) को आपूर्ति गरेको थिएन। यसबाट सरकारलाई ४०.९६ करोड़ रुपियाँको नोक्सानी भएको र आरोपीहरूले अनुचित आर्थिक लाभ प्राप्त गरेको बताइएको छ।
तेलंगाना पुलिसले भारतीय न्याय संहिताको धारा ३१८(४) अन्तर्गत प्राथमिकीमा समावेश गरेको अपराध पीएमएलएको अनुसूचीको भाग ‘ए’ मा सूचीकृत रहेको छ। एजेन्सीले यस मामिलामा थप अनुसन्धान तथा तलासी अभियान जारी रहेको जनाएको छ।
/ बिशाल