विवाहको प्रलोभन दिएर १४ महिलाको शोषण गर्ने आरोपी मोहम्मद माजिन यूएईबाट भारत प्रत्यर्पण
आरोपित मोहम्मद माजिन (फाइल फोटो)।


नयाँ दिल्ली, २० नोभेम्बर (हि.स.)। विवाह गर्ने प्रलोभन दिएर महिलाहरूको शारीरिक, मानसिक तथा आर्थिक शोषण गरेको आरोप लागेको मोहम्मद माजिनलाई संयुक्त अरब इमिरेट्स (यूएई) बाट भारत ल्याइएको छ। महाराष्ट्र पुलिसको खोजी सूचीमा रहेको आरोपीलाई केन्द्रिय अनुसन्धान ब्युरो (सीबीआई) ले विदेश मन्त्रालय, गृह मन्त्रालय र महाराष्ट्र पुलिससँगको समन्वयमा शुक्रवार भारत फर्काउने प्रक्रिया पूरा गरेको हो। आरोपी कोच्चि अन्तरराष्ट्रिय विमानस्थल पुगेपछि उसलाई महाराष्ट्र पुलिसको टोलीको जिम्मा लगाइएको छ।

सीबीआई अनुसार, मोहम्मद माजिन महाराष्ट्र पुलिसमा दर्ता भएको एउटा मुद्दामा वाञ्छित थियो। उमाथि एक महिलालाई विवाह गर्ने प्रलोभन दिएर उनीसँग शारीरिक सम्बन्ध कायम गर्नुका साथै शारीरिक, मानसिक तथा आर्थिक शोषण गरेको आरोप छ। आरोपीले सम्बन्धित महिलाबाट १८ लाख रुपियाँ समेत ठगी गरेको बताइएको छ। यस मामिलामा सक्षम अदालतमा आरोपपत्र दायर भइसकेको छ।

अनुसन्धानका क्रममा आरोपीले विवाहको प्रलोभन दिएर अन्य १३ महिलाको पनि यसैगरी शोषण गरेको खुलासा भएको छ। उसले ती महिलाहरूबाट रकम लिएको थियो भने उनीहरूसँगको अन्तरङ्ग सम्बन्धका भीडियो समेत रेकर्ड गरेकाे थियाे। त्यसपछि उ विदेश भागेको थियो।

महाराष्ट्र पुलिसको अनुरोधमा सीबीआईले इन्टरपोल मार्फत आरोपी विरुद्ध रेड नोटिस जारी गराएको थियो। त्यसपछि उसको लोकेशन पत्ता लगाएर यूएईका अधिकारीहरूले उसलाई पक्राउ गरेका थिए। कानूनी प्रक्रिया पूरा भएपछि यूएईका अधिकारीहरूले उसलाई भारत पठाउने अनुमति दिएका थिए।

महाराष्ट्र पुलिसको एउटा टोली आरोपीलाई लिन यूएई पुगेको थियो। त्यहाँ उसलाई भारतीय टोलीको जिम्मा लगाइयो। त्यसपछि उक्त टोली शुक्रवार आरोपी सहित कोच्चि अन्तरराष्ट्रिय विमानस्थल पुगेको हो।

सीबीआईले साल २०१९ देखि हालसम्म इन्टरपोल मार्फत ३०० भन्दा बढ़ी वाञ्छित अपराधीलाई भारतमा प्रत्यर्पण गराइसकेको छ। यसमा साल २०२६ मा अहिलेसम्म ७४ जना फरार अपराधी समावेश छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande