रक्षा भूमि व्यवस्थापनमा एआई र ड्रोन प्रविधिको प्रयोग समयको माग : ओम बिरला
लोकसभा अध्यक्ष ओम बिरला 'डिफेंस एस्टेट्स सेंटेनरी लेक्चर को संबोधित करते हुए।


नयाँ दिल्ली, २० नोभेम्बर (हि.स.)। लोकसभा अध्यक्ष ओम बिरलाले शुक्रवार रक्षा भूमि व्यवस्थापनमा एआई, जीआईएस तथा ड्रोन प्रविधिको प्रयोग समयको माग भएको बताएका छन्।

बिरला यहाँ रक्षा सम्पदा संगठन (डिफेन्स एस्टेट्स अर्गनाइजेसन) स्थापना भएको सय वर्ष पूरा भएको अवसरमा आयोजित ‘डिफेन्स एस्टेट्स सेन्टेनरी लेक्चर २०२६’ लाई सम्बोधन गर्दै थिए। यस अवसरमा रक्षा भूमिको संरक्षण तथा व्यवस्थित व्यवस्थापन, राष्ट्रिय सुरक्षा र सैनिक छाउनीहरूमा नागरिक सुविधाको विस्तार लगायतका विषयमा विस्तृत छलफल गरियो।

बदलिँदो समयका चुनौतीहरूको उल्लेख गर्दै बिरलाले भने, “रक्षा भूमि व्यवस्थापनलाई अझ् प्रभावकारी, पारदर्शी र प्रविधिमा आधारित बनाउन एआई, जीआईएस, ड्रोन प्रविधि तथा डिजिटल रेकर्डहरूको प्रयोग अत्यन्त महत्त्वपूर्ण छ। यसका साथै ई–छाउनी, स्मार्ट, हरित तथा दिगो छाउनीहरूको निर्माण, पर्यावरण संरक्षण र ऐतिहासिक अभिलेखहरूको संरक्षण जस्ता प्रयासलाई थप गति दिन आवश्यक छ।”

उनले आफ्नो समृद्ध विरासत, अनुभव तथा व्यावसायिक दक्षताका आधारमा रक्षा सम्पदा संगठनले आगामी दिनमा पनि राष्ट्रिय सुरक्षा, सुशासन र जनकल्याणमा महत्त्वपूर्ण योगदान दिइरहने बताए।

यस अवसरमा रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरू, सैन्य अधिकारीहरू तथा रक्षा सम्पदा व्यवस्थापनसँग सम्बन्धित विशेषज्ञहरूले सहभागिता जनाउँदै विभिन्न महत्त्वपूर्ण विषयमा विचारविमर्श गरे। यस बाहेक संगठनका सबै वर्तमान तथा पूर्व अधिकारी, कर्मचारी र उनीहरूका परिवारका सदस्यहरू पनि कार्यक्रममा सहभागी भए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande