
- साझेदारीले उत्सव स्थानहरूको सुगम्यता अङ्केक्षण, स्वयंसेवीहरूको संवेदीकरणका साथै समावेशी सिनेमाई अनुभव प्रोत्साहित गर्न संवादमूलक आभासी प्रस्तुति क्षेत्रमाथि ध्यान केन्द्रित गर्ने
- यी पहलहरू सांस्कृतिक कार्यक्रमहरूमा सुगम्यता अनि समावेशनको मापाङ्क तय गर्न लक्षित
गोवा, 20 नोभेम्बर (हि.स.)। राष्ट्रिय फिल्म विकास निगमले (एनएफडीसी) 57औं भारतीय अन्तरराष्ट्रिय फिल्म उत्सवलाई (आइएफएफआइ) दिव्याङ्गजन अनि हिँडडुल गर्न गाह्रो पर्नेहरू लगायत सबै सिनेमाप्रेमीका लागि अरू बढी सुगम्य अनि समावेशी बनाउनका लागि स्वयंसँग साझेदारी गरेको छ। यी दुई सङ्गठनबीच यो तेस्रो साझेदारी हो भने यसअघि 55 औं आइएफएफआइ तथा 18औं मुम्बई अन्तरराष्ट्रिय फिल्म उत्सवमा (एमआइएफएफ) साझेदारी गरिसकिएको छ। उक्त जानकारी आज पीआईबीले विज्ञप्तिमा दिएको छ।
सुगम्यता साझेदारका रूपमा स्वयंले सम्भावित बाधकहरू चिन्हित गर्दै सुरक्षित, अरू बढी आरामदायी साथै दर्शकहरूका लागि स्वतन्त्र सुगम्यता सुनिश्चित गर्नका लागि उपायहरूको सिफारिश गर्न उत्सवका सबै स्थलको सुगम्यता अङ्केक्षण गर्नेछ।
साझादारीमा दिव्याङ्गता अनि सुगम्यतामाथि उत्सवका स्वयंसेवकहरूका लागि संवेदीकरण कार्यगोष्ठी पनि सामेल रहनेछ। यसको सत्रले सम्मानजनक सञ्चार, समावेशी सहायता तथा विविध सुगम्यता आवश्यकता हुने व्यक्तिहरूलाई सहयोग गर्ने व्यवहारिक तरिकाहरूमाथि केन्द्रित गर्नेछ।सुगम्यता आभासी प्रस्तुति क्षेत्रले आगन्तुक अनि उत्सवका हितधारकहरूलाई दिव्याङ्गजनका साथै हिँडडुल गर्न गाह्रो पर्ने व्यक्तिहरूले दैनन्दिन रूपमा सामना गर्नुपर्ने बाधकहरू बुझ्नका लागि संवादमूलक अवसर प्रदान गर्नेछ। यी पहलहरू बढी जागरूकता फैलाउन अनि सहानुभूतिका साथै सुगम्य सार्वजनिक स्थलको महत्त्वबारे बुझाई बढाउन लक्षित छन्।साझेदारीबारे बोल्दै स्वयंकी प्रबन्ध निर्देशक श्रीमती स्मिनु जिन्दलले भनिन्, “सुगम्यता ऱ्याम्प सिर्जना वा भौतिक स्थलाई बाधकमुक्त बनाउनु मात्र होइन, यो प्रत्येक व्यक्तिको मर्यादा, स्वतन्त्रता अनि समाजमा समान रूपमा भाग लिने अवसर रहेको सुनिश्चित गर्नुका लागि हो। सीमानाहरू पार गर्दै विविध मानव अनुभवको उत्सव मनाउन, सिनेमा एउटा शक्तिशाली माध्यम हो, जसले मानिसहरूलाई एक साथ ल्याउने गर्दछ। यस कारण फिल्म उत्सवहरू सबैका लागि स्वागतजन्य अनि सुगम्य हुन आवश्यक छ। एनडीएफसीसँग 5 औं आइएफएफआइको निम्ति हाम्रो साझेदारी समावेशनलाई उत्सवको अनुभूतिको अभिन्न अङ्ग बनाउने दिशामा महत्त्वपूर्ण कदम हो। उमेर ढल्नुका कारण, अस्थायी चोट-पटक वा स्थायी अपाङ्गता, जुन कारण भए पनि सिनेमाको आनन्द अनुभव गर्न कुनै बाधा नहुने आइएफएफको हामीले परिकल्पना गरेका छौं।”यस पहलको महत्त्वमाथि जोड दिँदै एनएफडीसीका प्रबन्ध निर्देशक धीरज सिंहले भने, “भारतीय अन्तरराष्ट्रिय फिल्म उत्सवले सिनेमाको सार्वभौम भाषाको उत्सव मनाउँछ भने यो उत्सव साँचो अर्थमा सबैको निम्ति खुल्ला बन्न आवश्यक छ। स्वयंसँग हाम्रो साझेदारी 57 औं आइएफएफआइलाई अरू बढी सुगम्य, समावेशीका साथै सबै सिनेमाप्रेमाका लागि स्वागत गर्ने दिशामा महत्त्वपूर्ण कदम हो। सुगम्य स्थलहरूका साथै प्रशिक्षित अनि संवीदकृत स्वयंसेवाहरूका साथ, यस उत्सवमा सबैले मर्यादा, आराम अनि स्वतन्त्रताका साथ भाग लिने वातावरण सिर्जना गर्नु हाम्रो लक्ष्य छ। यस पहलले भारतमा समावेशी सांस्कृतिक एवं सिनेमाई कार्यक्रमहरूको निम्ति अर्थपूर्ण मापाङ्क तय गर्ने आशा राखेका छौं।”भारतको प्रतिष्ठित फिल्म उत्सवलाई साँचो अर्थमा सिनेमाको समावेशी उत्सव बनाउँदै दिव्याङ्गजन अनि हिँडडुल गर्न गाह्रो पर्नेहरूले पनि भाग लिने, जोडिने तथा मर्यादा अनि स्वतन्त्रताका साथ कथावाचनको अनुभव गर्ने बनाउने दिशामा अर्को कदम रहेको रेखाङ्कित गर्दछ।
---------------
हिन्दुस्थान समाचार / बिशाल