बोत्सवानाबाट ल्याइएको मादा चिताले जंगलमा चार वटा शावकलाई जन्म दिइन्, भूपेन्द्र यादवले यसलाई ‘प्रोजेक्ट चिता’ का लागि ऐतिहासिक उपलब्धि बताए
Bot


नयाँ दिल्ली, २० नोभेम्बर (हि.स.)। भारतमा चिता संरक्षण तथा तिनीहरूको सङ्ख्या पुनःस्थापित गर्ने अभियानले ठूलो सफलता हासिल गरेको छ। बोत्सवानाबाट ल्याइएको अढ़ाई वर्षीया मादा चिता ‘केओएमजी–३’ ले शुक्रवार जंगलमा चार वटा स्वस्थ शावकलाई जन्म दिएकी छन्। यससँगै देशमा चिताको कूल सङ्ख्या बढ़ेर ६२ पुगेको छ। तीमध्ये ४३ वटा चिता भारतमै जन्मिएका हुन्। केन्द्रिय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी साझा गरेका हुन्।

उनले बताए अनुसार बोत्सवानाबाट ल्याइएको यो पहिलो मादा चिता हो, जसले भारतमा शावकलाई जन्म दिएकी छ। विशेष कुरा के छ भने शावक जन्माउनुअघि यो मादा चिता चार महिनाभन्दा बढ़ी समयसम्म जंगलको प्राकृतिक वातावरणमा रहेकी थिइन्। साल २०२२ मा चिता पुनर्वास कार्यक्रम शुरु भएयता जंगलमा शावक जन्मिएको यो दोस्रो दर्ता घटना हो।

भूपेन्द्र यादवले यसलाई ‘प्रोजेक्ट चिता’ का लागि ऐतिहासिक उपलब्धि तथा भारतमा चिताको स्थायी सङ्ख्या स्थापना गर्ने दिशामा गर्वको क्षण बताएका छन्। उनले प्रत्येक नयाँ जन्मले संरक्षणप्रतिको आशालाई थप बलियो बनाउनुका साथै वन्यजन्तु संरक्षणप्रतिको हाम्रो प्रतिबद्धतालाई अझ् गहिरो बनाउने बताए।

केन्द्रिय मन्त्रीले वन्यजन्तु संरक्षणका लागि धैर्य, निरन्तर प्रयास र सामूहिक सहभागिता आवश्यक रहेको बताए। उनले ‘प्रोजेक्ट चिता’ को सफलताका लागि परियोजना व्यवस्थापक, पशु चिकित्सक, वन विभागका अग्रपङ्क्तिमा खटिएका कर्मचारी तथा यससँग सम्बन्धित सबै विशेषज्ञहरूको समर्पण, प्रतिबद्धता र कड़ा मेहनतको प्रशंसा गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande